खैरो हिरोइनसहित चार जना पक्राउ
सिरहा–इलाका प्रहरी कार्यालय गोलबजारले ब्राउन सुगरसहित गोलबजार ६ बाट ४ जना युवकलाई नियन्त्रणमा लिएको छ ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख इन्सिपेक्टर जनक पुरीको कमाण्डमा खटिएको टोलीले मंगलबार राती दुई जनालाई गोलबजार ३ बाट आठपोका ब्राउनसुगरसहित पक्राउ गरिएको हो ।
उनीहरुले दिएको सूचनाको आधारमा गोलबजार ६ बाट थप दुई जना गरी चार जनालाई पक्राउ गरिएको इन्सपेक्टर निरीक्षक पुरीले जानकारी दिए ।
प्रहरी निरीक्षक पुरीका अनुसार पक्राउ पर्नेहरुमा गोलबजार ६ का १८ वर्षीय बालकृष्ण साह, गोलबजार ३ का १८ वर्षीय मनिष श्रेष्ठ, २२ वर्षीय विमलकुमार साह र उनका भाइ १८ वर्षीय निलमकुमार साह रहेका छन् ।
प्रहरीले गोलबजार ३ मा उनीहरुले दिएको सूचनाको आधारमा बिमल र उनका भाइ निलमलाई ७३ पोकामा प्याक गरिएको ब्राउनसुगर बरामद गरिएको प्रहरी निरीक्षक पुरीले उल्लेख गरे । पक्राउ परेकाहरुलाई गोलबजार प्रहरीमा राखेर थप अनुसन्धान गरिरहेको र बरामद भएको ८१ पोका ब्राउनसुगर तौल नभएपनि करिब चार ग्राम बराबर रहेको प्रहरीले जनाएको छ ।
गोलबजार प्रहरीले चालु आर्थिक वर्ष २०७६÷ ०७७ को साउनदेखि साढे पाँच महिनाको अवधिमा २२ ग्राम ब्राउनसुगरसहित २३ जनालाई पक्राउ गरी लागूऔषध कारोबार सम्बन्धी मुद्दा चलाइएको जनाएको छ ।
पक्राउ परेका सवैजासो १८ देखि ३० वर्ष उमेरसमूहका रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
६ लाख घुससहित इन्जिनियर खड्का अख्तियारको फन्दामा
-
सेबोनको नीति तथा कार्यक्रमले उचाल्यो सेयर बजार, दोहोरो अङ्कको वृद्धि
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी
-
सान फ्रान्सिस्कोमा डुङ्गा डुब्दा एक जनाको मृत्यु, दुई जना बेपत्ता
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण