मालपोत कार्यालयमा अख्तियारको स्टिङ अप्रेशन, घुससहित दुईजना रंगेहात पक्राउ
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि सुधार तथा मालपोत कार्यालय भक्तपुरमा ‘स्टिङ अप्रेसन’ गरी दुई कर्मचारीलाई घुससहित रंगेहात पक्राउ गरेको छ ।
आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार उक्त कार्यालयमा कर्मचारीले घुस माग गरेको भन्ने सेवाग्रहीको सूचनाका आधारमा मंगलबार स्टिङ अप्रेसन गरिएको थियो ।
भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरमा कार्यरत नायब सुब्वा नारायणराज मिश्र र सोही कार्यालयमा कार्यरत कार्यालय सहयोगी (करार) भाईकाजी गौतमलाई घुसबापत लिएको ४० हजार रुपैयाँसहित आयोगको टोलीले नियन्त्रणमा लिएको उनले जानकारी दिए ।
सेवाग्राहीको मोही लगत कट्टा गर्ने प्रयोजनका लागि उनीहरुले घुस माग गरेको सूचना पाएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट उक्त कार्यालयमा स्टिङ अप्रेसनका लागि टोली पठाइएको थियो ।
कार्यालय परिसरबाट दुवै जनालाई मंगलबार नियन्त्रणमा लिई अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ लाख घुससहित इन्जिनियर खड्का अख्तियारको फन्दामा
-
सेबोनको नीति तथा कार्यक्रमले उचाल्यो सेयर बजार, दोहोरो अङ्कको वृद्धि
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी
-
सान फ्रान्सिस्कोमा डुङ्गा डुब्दा एक जनाको मृत्यु, दुई जना बेपत्ता
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण