अफ्ठ्यारा दिनहरुमा मलाई ठूला निर्देशकहरुले काम दिन मानेनन् : अक्षय कुमार
बलिउड अभिनेता अक्षय कुमारले आफ्नो विगतको तीतो अनुभव सुनाएका छन् । नयाँ फिल्मको प्रमोसनमा उनले अफ्ठयारो समयमा ठूला निर्देशकले फिल्म नदिएको गुनासो पोखेका हुन् ।
उनले २७ डिसेम्बरमा रिलीज हुन लागेको फिल्म ‘गुड न्यूज’ मा मुख्य भूमिका निभाएका छन् । यो फिल्म निर्देशक राज मेहताले निर्देशन गरेका हन् ।
‘गुड न्यूजको’ कार्यक्रममा उनले नयाँ निर्देशकसँग काम सुरु गरेको विगत सम्झदैँ भने, ‘ठूला र अनुभवी निर्देशकले मलाई लिएनन् । त्यसैले मैले नयाँ निर्देशकसँग काम गरेँ । सत्य यही नै हो जब कोहि ठूला मान्छे तपाईँसँग काम गर्न चाहादैँनन् तब आफै काम गर्न सुरु गर्नुपर्छ ।’
उनले अगाडि भने, ‘राज मेरो २१ औँ निर्देशक हुन् । मलाई लाग्छ नयाँ निर्देशकमा राम्रो काम गर्ने इच्छाशक्ति पूराना निर्देशकमा भन्दा बढी हुन्छ । नयाँ निर्देशकको लागि मर या गरको स्थिती हुन्छ ।’
उनले किन निर्देशकले काम दिएनन् त ? भन्ने प्रश्नको जवाफमा उनले निर्देशकहरु त्यहीँ गए जहाँ उनीहरुलाई ठिक लाग्यो । त्यसैले आफूलाई कसैसँग गुनासो नभएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण