शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

जीप दुर्घटनामा परी चालकको मृत्यु

बिहीबार, १९ मङ्सिर २०७६, ११ : ०१
बिहीबार, १९ मङ्सिर २०७६

जोरायल गाउँपालिका वडा नं २ मा से १ ज २०३९ नम्बरको महेन्द्रा जीप गए राति दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । 

कैलालीको धनगढीबाट जोरायल आउँदै गरेको उक्त जीप राति साढे ८ बजेतिर अनियन्त्रित भई दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय जोरायलले जनाएको छ । 

मृत्यु हुनेमा जोरायल ४ बस्ने अन्दाजी २१ वर्षीय जीप चालक आश्रम थापा मगर रहेको प्रहरीले जनाएको छ । जीप के कति कारणले अनियन्त्रित भएको हो भन्ने  विषयमा छानबिन भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप