छुट्टाछुट्टै सवारी दुर्घटनामा परी २ जनाको मृत्यु
काठमाडौं । नवलपरासी(पूर्व) र डोटीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । नवलपरासी(पूर्व), गैंडाकोट नगरपालिका २ नमस्ते चोकस्थित सडकमा ना ६ प ८०५८ नम्बरको ट्रकले ना.३१ प २६१८ नम्बरको स्कुटरलाई बिहीबार बिहान ठक्कर दिँदा एक जनाको मृत्यु भएको हो ।
दुर्घटानामा परेर गम्भीर घाइते भएका स्कुटर चालक चितवन भरतपुर महानगरपालिका–१० का २६ वर्षीय बीरेन्द्र गिरीको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका स्कुटरमा सवार नवलपरासी गैंडाकोट नगरपालिका–४ बस्ने २१ वर्षीय आकाश सिंजालीको सोही अस्पतालमा उपचार भइरहेको छ । दुवै सवारी साधन र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यस्तै डोटीमा सवारी दुर्घटनामै परेर १ जनाको मृत्यु भएको छ । जिल्लाको जोरायल गाउँपालिका– २ बुडर जोरायलस्थित सडकमा धनगढीबाट जोरायलतर्फ जाँदै गरेको से १ च २०३९ नम्बरको जिप अनियन्त्रित भई सडकबाट अन्दाजी २ सय मिटर तल खसेर बुधबार राति दुर्घटना हुँदा गम्भीर घाइते चालक २२ वर्षीय आश्रम थापामगरको मृत्यु भएको हो । उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
-
स्थानीय तह पुनरवलोकनलाई वैज्ञानिक र व्यावहारिक बनाउनुपर्ने
-
क्षेत्रीय बजारमा नेपाली विद्युत् विस्तार गर्न निजी क्षेत्रको सहभागिता आवश्यक : मन्त्री श्रेष्ठ
-
इन्जिनियरिङ शिक्षातर्फ विद्यार्थीको आकर्षण बढाउन सरोकारवालासँग छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण