कैदीबन्दीहरुलाई पुनर्निर्माणको अभियानमा सहभागी गराउन सुझाव
काठमाडौँ । कारागारमा रहेका कैदीबन्दीहरुलाई पुनर्निर्माणको अभियानमा सहभागी गराउँदा राष्ट्रका लागि राम्रो हुने सुझाव संसदको राज्य व्यवस्था समितिले दिएको छ ।
बिहीबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा समिति सभापति शशी श्रेष्ठले कारागारमा रहेका युवाशक्तिहरुलाई पुनर्निर्माणको अभियानमा सहभागी गराउँदा राष्ट्रका लागि राम्रो हुने सुझाव दिइन् ।
अबको पुनर्निर्माण अरु देशसँग तुलना गर्नुभन्दा पनि हामी आफै अरुका लागि रोल मोडल बन्नुपर्ने उनले बताइन् । ‘अबको काम अरु देशको उदाहरण दिँदै गर्ने होइन् । अरु देशले हाम्रो देशलाई रोल मोडलको रुपमा लिने गरि गर्नुपर्छ’, उनले भनिन् ।
सभापति श्रेष्ठले समितिमा पेश गरेको समयअनुसार धरहरा पुनर्निर्माण सम्पन्न गर्ने पुनर्निर्माण प्राधिकरणबाट प्रतिबद्धता आउनु सह्रानीय भन्दै कार्य रुपमा परिणत गर्न निर्देशन दिइन् ।
समिति बैठकमा एकीकृतबस्ती निर्माणका विषयमा सांसदहरुले चासो राखेका थिए । सांसद दिलेन्द्र प्रसाद बडुले एकीकृत बस्ती निर्माणमा स्थानीयको रुचीलाई मध्यनजर गर्दै निर्माणमा ध्यान दिनुपर्ने बताए ।
पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत शुशील ज्ञवालीले एकीकृत बस्ती निर्माणका लागि आफूहरुले चाहेर मात्रै नहुने बताए । यो विषय जनताको सामाजिक, आर्थिक र सांस्कृतिक जीवनसँग प्रत्यक्ष जोडिएकाले उनीहरुको सहभागिता र आग्रहबिना सम्भव नभएको उनको भनाइ छ ।
बैठकमा सांसद अमरेश कुमार सिंह, प्रेम सुवाल, रेखा शर्मा, यशोधा सुवेदी, मिना पाण्डे लगायतले पुनर्निर्माण सम्बन्धी जिज्ञासा राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण