काठमाडौँको सम्धी बने राजेन्द्र महतो
काठमाडौँ । भारतको अघोषित नाकाबन्दीको बेला नेपाल–भारत सीमा नाकामा बसेर काठमाडौँको दानापानी बन्द गरिदिने अभिव्यक्तिले आलोचित राजेन्द्र महतोले अन्ततः काठमाडौँसँग पारिवारिक नाता कायम गरेका छन् ।
उनको छोराको बिहे काठमाडौँको रैथाने नेवार समुदायकी चेलीसँग भएको हो ।
सो बिहेमा विभिन्न दलका नेता, पत्रकार, विदेशी कुटनीतिक नियोगका प्रतिनिधिलगायतको सहभागिता रहेको बताइएको छ ।
बिहेमा सहभागी भएका संघीय समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले ‘बिहे अर्थपूर्ण भएको’ टिप्पणी गरेका छन् ।
‘राजपा नेता राजेन्द्र महतोका सुपुत्र राघवेन्द्र महतोको काठमाडौँकी सुश्री पलिशा तुलाधरका साथ सुसम्पन्न । शुभविवाहमा पहाड र मधेसको संस्कृतिको रोचक फ्यूजन’, भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन् ।
काठमाडौँ डिल्लीबजारका प्रकाशकाजी तुलाधरकी छोरी पलिशा तुलाधारसँग महतोको छोरा राघवेन्द्र महतोको बिहीबार बिहे भएको हो । काठमाडौंको एक होटलमा मैथिली परम्परा अनुसार भएको बिहेलाई सामाजिक परिवर्तनको क्षेत्रमा महतोले लिएको यो ठूलो कदम मानिएको छ ।
विद्रोही मधेशी नेताको छवि बनाएका महतोले पहाडी समुदायमा छोराको बिहे गर्नु निकै साहसिक काम भएको विश्लेषण भइरहेको छ । संयोजक महतोजस्तो व्यक्तिले काठमाडौँसँग पारिवारिक सम्बन्ध कायम गरेपछि नेपाली राजनीतिमा राष्ट्रिय एकताको ठूलो सन्देश जाने विश्लेषकहरु बताउँछन् ।
राघवेन्द्र र पलिशाको चिनजान पहिलादेखि नै थियो । खुमलटारस्थित एआइटी कलेजमा सँगै पढ्दा दुईजनाको बिचमा चिनजान भएको थियो । त्यही चिनजान प्रेममा परिवर्तन भयो । र, पारिवारिक सहमतिमा दुईजनाको बिचमा बिहे भएको बताइएको छ ।
पलिशा अनलाइन कम्पनी ‘दराज’मा कार्यरत छिन् भने राघवेन्द्र फोहर मैलाको क्षेत्रमा काम गर्ने डोको रिसाइकलरका सञ्चालक हुन् । दुवैजनाले एमबीए गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण