एम्बुलेन्समा हालेर सिद्धबाबालाई अदालत लगियो
काठमाडौँ । बलात्कारको आरोप लागेका सिद्धबाबा भनिने कृष्ण गिरीमाथि शुक्रबार प्रहरीले दोस्रो पटक म्याद थप गर्दैछ । विराटनगरको विराट नर्सिङ होममा अस्पतालमा उपचाररत गिरीलाई एम्बुलेन्समार्फत जिल्ला अदालत सुनसरी लगिएको छ ।
विराट मेडिकल कलेज तथा शिक्षण अस्पतालको आईसीयूमा उपचाररत गिरीलाई अस्पताल को१च ४०७३ नम्बरको एम्बुलेन्समा राखेर सुनसरीतर्फ लगिएको हो ।
आईसीयूबाट गिरीलाई ह्वीलचेयरमा ल्याएर जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी विनोद शर्माको टोलीले एम्बुलेन्समा राखेको थियो ।
यसअघि मंसिर १६ गते जिल्ला अदालत सुनसरीले पहिलोपटक चार दिनको म्याद थप गरेर प्रहरीलाई अनुसन्धान गर्न अनुमति दिएको थियो ।
पहिलो म्यादको समय सकिएपछि थप अनुसन्धानको लागि दोस्रोपटक म्याद थप गर्न लागिएको हो ।
गत कात्तिक ४ गते गिरीमाथि आफ्नै अनुयायीले बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन् । उजुरीसँगै उपचाररत गिरीलाई प्रहरीले अस्पतालबाटै पक्राउ गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण