एथ्लेटिक्समा गोपीले दिलाए नेपाललाई स्वर्ण
शुक्रबार, २० मङ्सिर २०७६, १३ : ५१
काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत एथ्लेटिक्सको ५ हजार मिटर दौडमा नेपालका गोपीचन्द्र पार्कीले स्वर्ण जितेका छन् । ५ हजार मिटर पुरुषमा यो नेपालको पहिलो स्वर्ण हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको एथेलेक्टिस ट्र्याकमा भएको दौडमा गोपीले निर्धारित ५ हजार मिटर १४ मिनेट ५४।२० सेकेन्डमा पूरा गर्दै स्वर्ण जितेका हुन् ।
योसँगै नेपालको स्वर्ण पदक संख्या ३७ पुगेको छ । यस स्पर्धामा नेपालकै हरिकुमार रिमालले काँस्य जिते । रिमालले १४ मिनेट ५७.०५ सेकेन्डमा दौड पूरा गरे । भारतका सुनिल दवारले १४ मिनेट ५५.२१ सेकेन्डको समयसहित रजत जिते । योसहित नेपालले ३९ स्वर्ण पदक प्राप्त गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
-
स्थानीय तह पुनरवलोकनलाई वैज्ञानिक र व्यावहारिक बनाउनुपर्ने
-
क्षेत्रीय बजारमा नेपाली विद्युत् विस्तार गर्न निजी क्षेत्रको सहभागिता आवश्यक : मन्त्री श्रेष्ठ
-
इन्जिनियरिङ शिक्षातर्फ विद्यार्थीको आकर्षण बढाउन सरोकारवालासँग छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण