सर्वत्र विवादपछि अक्षय कुमारले दिए भारतीय पासपोर्टको लागि आवेदन
बलिउड अभिनेता अक्षय कुमारले क्यानेडियन नागरिकता त्यागेर भारतीय पासपोर्टको लागि आवेदन दिएका छन् । उनले सर्वत्र विरोधपछि भारतीय पासपोर्टको लागि आवेदन दिएका हुन् ।
उनले शुक्रबार हिन्दुस्तान टाइम्सको एक कार्यक्रमकाबीच बोल्दै कसैले राष्ट्रियतामाथि प्रश्न उठाउँदा निकै पीडा हुने भन्दै भने, ‘मैले भारतीय पासपोर्टको लागि निवेदन दिएको छु । म भारतीय भइकन पनि अरुलाई भारतीय हुँ भनेर प्रमाणित गर्नुपर्दा निकै दुख लाग्छ । मेरी श्रीमती, मेरा छोराछोरी भारतीय हुन् । म कर पनि यही तिर्छु र मेरो जिन्दगी पनि यहीको हो ।’
अक्षयसँग क्यानडाको नागरिकता छ । यसैकारण उनीमाथि थुप्रै टिकाटिप्पणी हुने गर्छ । उनले क्यानडाको नागरिकता पाउनुको कारण बताउँदै भने,‘ एक समय थियो । जब एक पटक मेरो १४ वटा फिल्म फ्लप भएको थियो । त्यसपछि मलाई के गरुँ ? भन्ने लाग्यो । त्यसपछि मेरो नजिकको साथीले क्यानडा आएर काम गर्न सल्लाह दियो । त्यसपछि मैले क्यानडाको पासपोर्टको लागि तयारी सुरु गरेँ । तर मेरो १५ औँ फिल्म सफल भयो ।’
उनले अहिलेसम्म १५० वटाभन्दा बढी फिल्म खेलिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
अशोक राईले नयाँ पार्टीका लागि आयोगमा दिए निवेदन, क-कसले छाडे उपेन्द्रको साथ ?
-
मध्यावधिमा धकेल्ने प्रयास भइरहेको छ: मुख्यमन्त्री अधिकारी
-
इजरायलले अल जजिरा च्यानलमाथि लगायो प्रतिबन्ध
-
मुख्यमन्त्रीमा केदार कार्की नरहने कांग्रेसको निष्कर्ष, अदालत गए सहयोग गर्ने
-
विकास निर्माणको काम गर्न पूर्वाधार निर्माण कम्पनी बनाउनुपर्छ: मन्त्री गिरी
-
कीर्तिपुरमा बस दुर्घटना हुँदा त्रिविका प्राध्यापकको निधन