सुन–चाँदीसहित भारतीय तस्कर पक्राउ
जनकपुर । धनुषामा सुन–चाँदीसहित एकजना भारतीय नागरिकलाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।
शनिबार धनौजी गाउँपालिका वडा नम्बर ४ भडरीयाबाट भारतको विहार प्रान्तको मधुवनी जिल्ला गोवराही बस्ने ४० वर्षीय जय प्रकाश यादवलाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।
भारततर्फ अवैध रुपमा तस्करी गरी लैजादैँ गर्दा सशस्त्र प्रहरीको गण नम्बर ८ र देवडिहाबाट खटिएको संयुक्त सशस्त्र प्रहरी बलको टोलीले ६ किलो ८ सय ५० ग्राम चाँदीको बुनिया, १ सय ग्रामको सुनको बलिया र २६ ग्राम मालवाडीसहित यादवलाई सशस्त्र प्रहरीले पक्राउ गरेको सशस्त्रका प्रहरी उपरिक्षक राजेश उप्रेतीले जानकारी दिए ।
पक्राउ परेका यादवका साथबाट बरामद भएको सुन र चाँदीको मूल्य १२ लाख ८८ हजार ७ सय ९२ रुपैयाँ रहेको धनुषाका सशस्त्र प्रहरी उपरिक्षक उप्रेतीले बताए ।
साइकलमा सवार भइ भारत तर्फ जाँदै गरेको अवस्थामा शंकाको आधारमा चेकजाँच गर्दा पक्राउ परेका यादवको साथबाट सुन र चाँदी बरामद भएको उनले बताए ।
साइकल सहित यादवलाई नियक्रणमा लिई थप आवश्यक कारबाहीका लागि जनकपुर भन्सार कार्यालयमा बुझाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण