लुकाई छिपाई लैजान लागेको भारतीय रुपैयाँ सहित ४ जना पक्राउ
सिरहा ।लहानबाट ठाडीतर्फ लुकाई छिपाई लैजान लागेको भारतीय ५ लाख २९ हजार रुपैयाँ तथा नेपाली ४९ हजार रुपैयाँ सहित ४ जनालाई भगवानुर गाउँपालिका-१ स्थित सडकबाट शुक्रबार दिउँसो प्रहरीले पक्राउगरेको छ ।
पक्राउ पर्नेहरुमा सिरहा कर्जन्हा नगरपालिका-९ चमारटोल बस्ने ३२ वर्षीय उमेश कुमार महरा, लहान नगरपालिका-१९ कटाहा बस्ने २९ वर्षीय जिवछ कुमार साह, लहान नगरपालिका-२० हरीनगरा बस्ने ४० वर्षीय श्रीदेव महतो र सुनसरी रामधोनी नगरपालिका-९ बस्ने ३९ वर्षीय श्रवण कुमार चौधरी रहेका छन् ।
ईलाका प्रहरी कार्यालय लहान र अस्थायी प्रहरी पोष्ट भगवानपुरबाट संयुक्त रुपमा खटिएको प्रहरीले लहानबाट ठाडीतर्फ जाँदै गरेको डब्लुबि ०६ एफ ७२३२ नम्बरको कार जाँच गर्ने क्रममा कारमा सवार उमेश कुमारको साथबाट भारतीय ४ लाख रुपैयाँ, जिवछ कुमारको साथबाट भारतीय १ लाख २९ हजार रुपैयाँ र श्रीदेव महतोको साथबाट नेपाली ४९ हजार रुपैयाँ फेला पारी कारका चालक श्रवण कुमार चौधरी समेतलाई पक्राउ गरेको हो ।
पक्राउ परेका चारै जनालाई बरामद रकम तथा कारसहित आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय ईटहरी सुनसरी पठाइएको ईलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ लाख घुससहित इन्जिनियर खड्का अख्तियारको फन्दामा
-
सेबोनको नीति तथा कार्यक्रमले उचाल्यो सेयर बजार, दोहोरो अङ्कको वृद्धि
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी
-
सान फ्रान्सिस्कोमा डुङ्गा डुब्दा एक जनाको मृत्यु, दुई जना बेपत्ता
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण