फेन्सिङ : स्वर्णबाट चुकिन् रविना
नेपालकी रविना थापा फेन्सिङमा ऐतिहासिक स्वर्ण जित्नबाट चुकेकी छन् । फेन्सिङको महिलाको व्यक्तिगत स्पर्धाअन्तर्गत साबरको फाइनलमा बंगलादेशकी मुजिब फतिमासँग १५–१० ले पराजित भएपछि रविनाले रजतमै चित्त बुझाइन् । उनले सेमिफाइनलमा नेपालकै अस्मिता बस्नेतलाई पराजित गर्दै उपाधि नजिक पुगेकी थिइन् । अस्मितासँगै भारतकी डायनादेवी थिङ्गुजामले कांस्यमा चित्त बुझाए ।
महिला इपीमा भने नेपाली खेलाडी सेमिफाइनलमै स्तब्ध बने । नेपालका जानुका स्याङ्तान र इन्दिरा पौडेल सेमिफाइनलमा भारतीय खेलाडीसँग पराजित भएपछि काँस्यमै चित्त बुझाउन बाध्य भए । यस स्पर्धामा भारतकी कवितादेवी थाउदामले स्वर्ण र शितल दलालले रजत जिते ।
पुरुषको व्यक्तिगत फ्वेलतर्फ भने भारतीय खेलाडीले दबदबा कायम राखे । भारतका विनोथकुमार भेलाउथामले स्वर्ण, राजेश्वर सिंहले रजत जिते । यस्तै श्रीलंकाका थारिदु मधुमल कन्दना र बंगलादेशका रुबेल मियाले काँस्य जिते ।
फेन्सिङमा आइतबारदेखि टिम इभेन्टका प्रतिस्पर्धा सुरु हुनेछ । फेन्सिङमा अहिलेसम्म भारतले पाँच र बंगलादेशले एक स्वर्ण जितेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण