इन्जिन ‘स्टार्ट’ भएकै अवस्थामा चालक ओर्लिदा बस खोलामा खस्यो, एक जनाको मृत्यु
आइतबार, २२ मङ्सिर २०७६, १० : १७
लमजुङ । लमजुङको पाउदीमा आइतबार बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् ।
मृत्यु हुनेमा एक महिला रहेको र उनको सनाखत हुन बाँकी रहेको प्रहरीको भनाइ छ । लमजुङकै बेसीसहरबाट गोरखातर्फ जाँदै गरेको बस सडकबाट करिब सय मिटर तल खोलामा खसेको हो । दुर्घटनास्थलमा प्रहरी, सशस्त्र प्रहरीको टोली उद्धारका लागि पुगेको छ ।
जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार इन्जिन चालु अवस्थामै राखेर रोकिराखेको बसबाट चालक झरेपछि आफैँ बस गुड्दा सडकबाट खसेर दुर्घटना भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ । चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।
घाइतेमध्ये गम्भीर अवस्थाका चार जनालाई भरतपुर अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
बसमा ९–१० जना यात्री रहेकोमा दुई–तीन जना भने गाडी आफैँ गुड्न थालेपछि ओर्लिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण