राजमार्गका खाल्डाखुल्डी तत्काल पुर्न मन्त्री नेम्वाङको निर्देशन
चितवन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले पृथ्वीराजमार्ग र त्रिभुवन राजपथका खाल्डाखुल्डी तत्काल पुर्न निर्देशन दिएका छन् । आज सडक डिभिजन भरतपुरका कर्मचारीलाई निर्देशन दिँदै मन्त्री नेम्वाङले मुख्य राजमार्गको आवागमन सहज बनाउन खाल्डाखुल्डी तत्काल पुर्न निर्देशन दिए । उनले राजधानी जोड्ने मुख्य सडक भएकाले जिम्मेवारपूर्वक तीव्र गतिमा काम गर्नुपर्ने बताए ।
उनले भने, ‘सबै जिम्मेवार भएर लागे कामले गति लिन्छ, तपाईहरु आफैँ सक्षम हुनुहुन्छ, यतिमात्रै हो, जिम्मेवारीलाई गहनपूर्वक लिनुप¥यो ।’ उनले सबै कर्मचारी अग्रसर भएर काम गर्नुपर्छ भन्ने भावनाबाट अघि बढ्नुपर्ने बताए ।
‘पछिल्लो समय सडकका काम कारवाहीप्रति प्रश्न चिह्न उठ्ने गरेको छ’, उनले भने’ ‘अबका दिनमा यस्तो अवस्था नआओस् ।’ उनले काममा निर्धक्क भएर खटिए हरेक योजना तोकेको समयभन्दा अगावै सम्पन्न हुने धारणा राखे । ‘काम गर्दै जाँदा जटिलता आउन सक्छन्, सानातिना कुरामा नीति पर्खने होइन, आम जनतालाई साक्षी राखेर काम गर्नुहोस्’, उनले भने ।
पृथ्वी राजमार्ग र त्रिभुवन राजपथको चितवन र धादिङ खण्ड मर्मतको काम डिभिजन सडक कार्यालय भरतपुरबाट हुने गरेको छ । पृथ्वी राजमार्गको ८२ किलोमिटर र त्रिभुवन राजपथको ४२ किलोमिटर सडकमा नियमित मर्मत भइरहेको छ । मोफसललाई काठमाडौँ जोड्ने मुख्य यो सडक विस्तारको प्रक्रिया पनि अघि बढेको छ ।
सो क्रममा मन्त्री लामाले भरतपुरको बाइपास सडकको समेत निरीक्षण गरेका छन् । यस्तै मन्त्री नेम्वाङले नारायणगढ–मुग्लिन सडक, पृथ्वीराजमार्ग र त्रिभुवन राजपथकोसमेत निरीक्षण गरेका छन् । डिभिजन प्रमुख कृष्णराज अधिकारीले कार्यालयको प्रगति विवरणबारे जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण