२८ दिनको उपचारपछि घर फर्किइन् लता मंगेशकर
सोमबार, २३ मङ्सिर २०७६, ०८ : २६
स्वरकी धनी लता मंगेशकर अस्पतालबाट डिस्चार्ज भएकी छिन् । उनी आइतबार राति २८ दिनपछि अस्पतालबाट घर फर्किएकी हुन् ।
उनले आइतबार ट्विट गर्दै आफू अस्पतालबाट डिस्चार्ज भएको जानकारी दिएकी हुन् । उनी २८ दिनदेखि ब्रिच क्यान्डी अस्पतालमा निमोनियाको उपचार गराइरहेकी थिइन् ।
उनले ट्विटमा आफ्ना सम्पूर्ण शुभचिन्तकहरुलाई धन्यवाद दिँदै लेखेकी छिन्, ‘नमस्कार, विगत २८ दिनदेखि म ब्रिच क्यान्डी अस्पतालमा थिए । मलाई निमोनिया भएको थियो । डाक्टरको सल्लाहअनुसार पूरै ठिक भएपछि मात्रै घर आएकी हुँ । भगवान् माई बाबाको आर्शिवाद र तपाईंहरुको माया र प्रार्थनाले म ठिक भए । सबैलाई हृदयदेखि नै धन्यवाद’
लता मंगेशकरको स्वास्थ्य अवस्थाको विषयमा अफवाह फैलिएको थियो । सामाजिक सञ्जाल तथा सञ्चार माध्यमबाट उनको स्वास्थ्य स्थितीकोबारेमा चासो र चिन्ता व्यक्त गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण