अवैध अमेरिकी डलरसहित एक जना पक्राउ
सोमबार, २३ मङ्सिर २०७६, १६ : ५९
काठमाडौं । अवैध रुपमा लुकाइछिपाई ल्याउँदै गरेको अमेरिकी डलर ११ हजार ९ सय ९४ सहित पाकिस्तानी नागरिक वर्षीय अघा जेसान हैदर पक्राउ परेका छन् ।
मालिन्डो एयरको उडानद्वारा मलेशियाको क्वालालम्पुरबाट काठमाडौं आएका उनलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो ।
विमानस्थलको उडानतर्फको आगमन भन्सारमा जाँच गर्ने क्रममा झोलामा लुकाइछिपाई ल्याएको उक्त अमेरिकी डलर परेपछि पक्राउ गरिएको प्रहरीको भनाइ छ ।
उनलाई आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन ललितपुर पठाएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ लाख घुससहित इन्जिनियर खड्का अख्तियारको फन्दामा
-
सेबोनको नीति तथा कार्यक्रमले उचाल्यो सेयर बजार, दोहोरो अङ्कको वृद्धि
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी
-
सान फ्रान्सिस्कोमा डुङ्गा डुब्दा एक जनाको मृत्यु, दुई जना बेपत्ता
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण