बिग मर्जर पछि विदेशमा शाखा खोल्ने ग्लोबल आइएमई बैंकको योजना

सिड्नी – नेपालमा हालै बिग मर्जर गरेका ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालमा लगानीको वातावरण निकै राम्रो बन्दै गएको वताएका छन् ।
सिड्नीमा आयोजित एक अन्तरक्रियामा बोल्दै उनले अस्ट्रेलियामा भएका नेपाली लगानी कर्तालाई आफ्नो बैंक उपयुक्त सहजकर्ता हुन सक्ने बताए । उनले गैर आवासीय नेपालीहरुको समेत लगानी निर्माण हुँदै गरेको दोर्दी जलविद्युत आयोजना छिट्टै संचालनमा आउने पनि बताए ।
उनले हाल अस्ट्रेलिया लगाएत भारत , बेलायत, मलेसिया र जापान मा सम्पर्क कार्यालय रहेको आफ्नो बैंकको अस्ट्रेलियामा शाखा खोल्ने तयारी सुरु भएको पनि बताए ।
नेपालमा प्रदेशहरु र स्थानिय सरकारहरु वीच विकासमा प्रतिस्पर्दा पनि सुरु भएकाले लगानीका सम्भावनाहरु झन् बढेर गएको उनले बताए । आफ्नो समूहले चन्द्रागिरी केवल कार तथा रिसोर्ट जस्तै परियोजना अन्य सात राज्यमा पनि निर्माण गर्न लागेको उनको भनाइ थियो ।
अन्तरक्रियामा गैर आवाशीय नेपाली संघको अन्तर्रास्ट्रिय समितिका उपाध्यक्ष मन केसीले आफ्नो संस्था दश अर्ब बराबरको गैर आवासीय नेपालीहरुको संयुक्त कोष निर्माण गर्ने तयारीमा रहेको बताए ।
उक्त कोष निर्माणसँगै नेपालमा गैर आवासीय नेपालीहरुको ठूलो तथा सयुक्त लगानी सुरु हुने बताए । कार्यक्रममा गैर आवासीय नेपाली संघ अस्ट्रेलियाका पूर्व अध्यक्ष गोवा कटवालले नेपालमा नीतिगत समस्या भएकाले गर आवाशीय नेपालीहरुमा लगानीको आत्मविस्वास अझै पैदा नभएको बताए ।
नीतिगत रुपमा नेपालबाट आफ्नो लगानी वा मुनाफा कर तिरेर सहज फिर्ता ल्याउन पाइने र लगानीका लागि सहज रुपमा यहाबाट पुँजी लगानी गर्न पाइने वातावरण बनेमा गैर आवासीय नेपाली लगायत वैदेशिक पुँजी नेपालमा भित्रन सक्ने उनले बताए ।
कार्यक्रममा गैर आवासीय नेपाली संघ अस्ट्रेलियाका पूर्व अध्यक्ष डिला खरेलले गैर आवाशीय नेपालीहरुले ठूलो मात्रामा संयुक्त पुँजी संकलन गर्न सकेमा नेपालमा लगानी गर्न सरकारी स्तरबाट सहयोग हुने आफुलाई विस्वास भएको भन्दै आफुहरुले पुँजी संकलनमै जोड दिनु पर्ने बताए ।
कार्यक्रममा सिड्नीमा क्रियाशील दुइ दर्जन व्यवसायी तथा गैर आवासीय नेपाली अगुवाहरु उपस्थित थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा विकास बजेट कार्यान्वयन : चैतमा बढेको गति वैशाखमा खस्कियो
-
खाली पेट चिया र बिस्कुट किन खानुहुँदैन ?
-
ट्रम्पद्वारा हार्वर्डमा अन्तर्राष्ट्रिय विद्यार्थी भर्नामा रोक : कति विद्यार्थी प्रभावित हुनेछन्?
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
हार्वर्डमा अन्तर्राष्ट्रिय विद्यार्थीमाथि रोक लगाउने ट्रम्प प्रशासनको निर्णयविरुद्ध मुद्दा
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर