नेमकिपाले बुझायो भारतीय दूतावासमा ज्ञापनपत्र
काठमाडौं । नेपाल मजदुर किसान पार्टीले नेपाली भूमि समावेश गरी तयार गरिएको भारतको नक्सा खारेज गर्न भन्दै नेपाल स्थित भारतीय राजदूतावासमा ज्ञापनपत्र बुझाएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सम्बोधन गरिएको उक्त ज्ञापनपत्र काठमाडैंको लैनचौरस्थित भारतीय राजदूतावासमा बुझाएको हो । सोमबार दिउँसो लैनचौरस्थित खानी विभागबाट ¥याली सुरु गरी दूतावाससम्म पुगेर नेमकिपाले ज्ञापनपत्र बुझाएको हो ।
नेपाली भूमि लिम्पियाधुरा, कालापानी, लिपुलेकसमेत भारतमा गाभेर भारतले नयाँ नक्सा तयार गरेपछि नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले नेपालको भूमि नेपाललाई नै फिर्ता गर्न आग्रह गरेको हो । त्यस्तै नेमकिपाले कालापानीमा रहेको भारतीय सेना अविलम्ब फिर्ता लैजान समेत आग्रह गरेको छ ।
नेमकिपाका महासचिव प्रेम सुवालले नेपालको सुस्ता लगायत ७२ भन्दा बढी ठाउँमा भारतद्धारा अतिक्रमित ६० हजार हेक्टरभन्दा बढी नेपाली भूमि फिर्ता गर्न समेत आग्रह गरेको बताए । सुवालले नेपाल भारत खुला सीमा बन्द गर्न आवश्यक रहेको भन्दै सन् १९४७ नोभेम्बर ९ मा भएको गोर्खा भर्ती सन्धि खारेज गर्न समेत जरुरी रहेको जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण