सिक्टा मूल नहरमा पानी छाडियो
मङ्गलबार, २४ मङ्सिर २०७६, ०६ : ४१
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको मूल नहरमा पहिलोपटक सिँचाइका लागि पानी छाडिएको छ ।
आयोजनाको मुख्य हेडवक्र्स अगैयाबाट ४५.३ किलोमिटर पश्चिमी मुख्य नहरमा पानी बगाएर पहिलोपटक किसानका तीन हजार हेक्टरभन्दा बढी खेतबारीमा प्रत्यक्ष पानी पुर्याएको सिक्टा सिँचाइ आयोजनाको इन्जिनियर एकराज भट्टराईले जानकारी दिए ।
अगैयाबाट पोरुवा हुँदै जेठानीसम्मको ४५.३ किलोमिटरको मुख्य नहरबाट ३४ हजार हेक्टर खेतबारीमा सिँचाइ गर्ने योजना रहे पनि अहिले हिउँदको सिजन भएकाले कम पानी छोडेर सुरुमा तीन हजार हेक्टरमा सिँचाइ सुविधा प्रदान गरिएको उनले बताए । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण