महिला स्वास्थ्यकर्मीले निःसन्तान काकीलाई दिन बच्चा चोरेपछि...
पाकिस्तानकी एक स्वास्थ्यकर्मीलाई बच्चा चोरेको आरोपमा पक्राउ गरिएको छ । उक्त बच्चा उनले आफ्नी निःसन्तान काकीलाई दिनका लागि चोरेको बताएकी छिन् ।
बलोचिस्तानस्थित एक अस्पतालबाट ती बालिकालाई जन्मेको केही क्षणमा नै चोरिएको थियो ।
तर परिवारलाई सुरुमा ती बालिका हराएको भन्नेबारे केही थाहा थिएन किनभने कसैले पनि ती आमाले जुम्ल्याहा सन्तान जन्माएको भन्ने जानकारी दिएका थिएनन् ।
बालिकाकी आमा होशमा आएपछि ‘अर्की छोरी खोइ त ?’ भनेर सोधेपछि यसबारे थाहा भएको उनका जेठाजुले बीबीसीलाई जानकारी दिए ।
अब्दुल हमिदले आमा बन्न लागेकी जामिला बीबीलाई गत बुधबार अस्पताल पुर्याएको पुलिसले जानकारी दिएका छन् ।
अब्दुलले पुलिसलाई दिएको जानकारी अनुसार जामिला सुत्केरी भएपछि एक बालिका हातमा थमाउँदै बिरामीको अवस्था सामान्य रहेकोले उनलाई घर लैजान भनिएको थियो ।
यद्यपि, जामिला त्यसको दुई दिनसम्म अर्ध बेहोस् अवस्थामा थिइन् । दुई दिनभित्रै उनीहरुले जुन बालिका घर ल्याएका थिए, उनको मृत्यु भयो ।
जब उनी होशमा आइन् तब ती नयाँ आमाले यस्तो कुरा खोलिन् जसले पूरा परिवारलाई नै स्तब्ध तुल्यायो ।
‘जब शुक्रबार जामिलाको पूर्ण होश आयो तब उनले ‘अर्की छोरी खोइ त’ भनेर सोधिन् । हामी चकित पर्यौं,’ अब्दुल हमिदले बीबीसीलाई भने ।
पक्राउः
‘अब्दुल हमिदले पुलिसमा ऊजुरी दिएपछि हामीले त्यसदिन सुत्केरी गराउने कक्षमा खटेकी महिला स्वास्थ्यकर्मीलाई पक्राउ गर्यौं । र उनले हामीलाई सिधै बच्चा भएको स्थानमा पुर्याइदिएन्,’ पुलिस अधिकारी जाहाङ्गीर शाहले भने ।
‘उनलाई बच्चालाई अस्पतालबाट बाहिर निकाल्न अन्य दुई साथीले सहयोग गरेका थिए । उनले ती बालिका आफ्नी काकीलाई दिइन् जसको विवाह भएको १७ वर्ष भइसकेको थियो तर सन्तान भने थिएनन् । ती नर्सले हामीलाई उनकी काकीले निकै अघिदेखि धर्मसन्तान पाल्न इच्छुक भएको बताइन् ।’
पुलिसले सबै चार महिलालाई पक्राउ गरेको छ र बच्चालाई आफ्नो घर फिर्ता गरिदिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा
-
नेपालगन्ज भन्सार: दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण