त्रिशला र रोहितको ‘काठमाण्डु सहर’ टुबोर्ग ओपन सेसन्स् २ मा
काठमाडौं– टुबोर्ग ओपन सेसन्स् २ को मञ्चमा त्रिशला गुरुङले रोहित शाक्यको साथमा उनीहरुको हिट गीत ‘काठमण्डु सहर’को प्रत्यक्ष प्रस्तुती पेश गरेका छन् ।
उनीहरुको उक्त हिट गीतलाई रोहितको नयाँ भाव दिई प्रस्तुत गरिएको छ । च्यानल आरबिट्ररीद्वारा सञ्चालन हुने टुबोर्ग ओपन सेसन्स् २०१८ मा सुरु भएको एक युट्युब सिरिज हो ।
पहिलो संस्करणमा अपलोड गरिएको ५१ वटा गीतहरु मार्पmत सफलतापुर्वक १ करोड भन्दा बढी भ्युज संकलन गरेपछि अहिले फेरि दोस्रो संस्करण सुरु भएको छ ।
राजधानी सहरबाट प्रेरित उक्त गीतले त्रिशलाको नजरबाट काठमान्डुको सुन्दरता, मानिस र यादहरुको कथा बताउँछ । गीतले त्रिशलाको सुरिलो आवाज र रोहितको सांगीतिक जादुलाई एकसाथ प्रस्तुत गर्दछ ।
सानै देखि संगीतमा निकै रुचि राख्ने त्रिशला प्रशंसित गायिका हुन् भने अहिलेको नेपाली सांगीतिक बजारमा निकै प्रतिष्ठित र छुटाउन नमिल्ने नाम हो रोहित शाक्य । शाक्य निकै लोकप्रिय प्रोग्रेसिभ–अल्टरनेटिभ रक ब्याण्ड ‘जिन्दाबाद’ का सदस्य पनि हुन् । हालको नेपाली सांगीतिक बजारमा उनी एक सफल युवा प्रतिभा रहेका छन् । टुबोर्ग ओपन सेसन्स्को यस सिजनका निर्माताहरु मध्ये रोहित पनि एक हुन् ।
टुबोर्गको संगीतसँग लामो र गर्व हुने सम्पदा रहेको छ जसले, नयाँ शैली र कलाकारहरुलाई नयाँ बजारमा चिनाउन मदत गरेको छ । पुराना साथै नयाँ कलाकारहरुलाई आफ्नो संगीत विश्वव्यापी रुपमै धेरै दर्शकहरुमाझ पु¥याउने मञ्चको निर्माण गर्न टुबोर्ग सफल भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
-
भक्तपुरमा अरनिको राजमार्ग क्षेत्रको जग्गा सर्वाधिक महँगो, कहाँ कति छ मूल्याङ्कन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण