एनआईसी एशिया लघुवित्तले आइपीओ निष्काशन गर्ने
काठमाडौं– एन आई सी एशिया बैंक लिमिटेडकोे सहायक कम्पनी एन आई सी एशिया लघुवित्त वित्तीय संस्थाको दोस्रो साधारण सभा सम्पन्न भएको छ ।
साधारण सभाले सञ्चालक समितिको प्रतिवेदन सहित आ.व.२०७५/७६ को वित्तीय विवरण पारित गर्दै नियामक निकायहरु लगायतका कार्यालयहरुबाट आवश्यक स्वीकृति प्राप्त भए पश्चात सर्वसाधारणलाई प्राथमिक शेयर (आइपीओ) निष्काशन गर्ने निर्णय गरेको छ ।
साथै मिति २०७६/०८/२३ गते बसेको एन आई सी एशिया लघुवित्त वित्तीय संस्थाको ३९औं सञ्चालक समितिको बैठकले कपिल ढकाललाई सञ्चालक समितिको अध्यक्ष चयन गरेको छ । ढकाल हाल बैंकको सहायक प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत छन् ।
अध्यक्ष ढकालसँग आइसीआइसीआई बैंक तथा विश्व प्रसिद्ध परामर्शदाता कम्पनी डिलइटमा कार्य गरेको र हाम्रो विकास बैंक लि.को प्रमुख कार्यकारी अधिकृत भई कार्य गरेको अनुभव पनि रहेको छ ।
ढकालले आजै नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देव कुमार ढकालबाट पद तथा गोपनियताको शपथ ग्रहण गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण