राष्ट्रपतिद्वारा संसद्का दुवै सदनको अधिवेशन आह्वान
मङ्गलबार, २४ मङ्सिर २०७६, १९ : ३९
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को दुवै सदनको हिउँदे अधिवेशन आह्वान गरेकी छिन् । राष्ट्रपतिले आगामी पुस ४ गते शुक्रबार अपराह्न ४ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँवानेश्वर काठमाडौँमा अधिवेशन आह्वान गरेकी हुन् ।
नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम राष्ट्रपतिबाट संसद्को दुवै सदनको अधिवेशन आह्वान भएको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यो अधिवेशनलाई विधेयक अधिवेशनका रूपमा समेत लिइन्छ । अधिवेशनले रिक्त सभामुखको समेत चयन गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण