मनोजमणिलाई नेविसङ्घको नेतृत्वमा ल्याउन पौडेल पक्षको दबाब
काठमाडौं । नेपाली कँग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घले तत्काल नेविसङ्घको नेतृत्व ल्याउन माग गरेका छन् । नेविसङ्घले बुधबार यहाँ आयोजना गरेको ‘विवेकपूर्ण व्यवहार–काँग्रेस एकताको आधार, प्राकृतिक न्यायको आधारमा नेविसङ्घको नेतृत्वमा हाम्रो अधिकार’ विषयक विचार गोष्ठीमा नेविसङ्घका नेताले नेविसङ्घलाई अनिर्णयको बन्दी बनाउन नहुने बताएका हुन् ।
कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेविसङ्घका नेताले मनोजमणि आचार्यले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको पूर्वसन्ध्यामा नेविसङ्घको नेतृत्व नहुनु दुःखद भएको बताए ।
“अरू राजनीतिक दलका विद्यार्थी सङ्गठन क्याम्पसमा गएर सदस्यता वितरण गरिसके तर नेविसङ्घ नेतृत्व खोजेर बसिरहेको छ”, उनले भने । इतिहास बोकेको विद्यार्थी सङ्गठन कमजोर हुँदै गएको उनको भनाइ छ ।
नेविसङ्घका नेता दीपक भट्टराईले पार्टी नेतृत्वले काखा र पाखाको आधारमा क्षमतावान् व्यक्तिलाई किनारा लगाएर अयोग्य व्यक्तिलाई नेतृत्व दिन खोजेको आरोप लगाए ।
“नेविसङ्घको नेतृत्व षड्यन्त्रको कोखबाट होेइन सङ्घर्षको मैदानबाट जन्मन्छ”, उनले भने ।
नेविसङ्घका नेता हिमालदत्त श्रेष्ठ, प्रतिमा गौतम, शिव रिमाललगायतले पार्टीको नर्सरीका रुपमा रहेको नेविसङ्घ लामो समयदेखि खाली हुनु दुर्भाग्य भएको बताएका छन् । ता आचार्यलाई नेविसंघको नेतृत्वमा ल्याउन वरिष्ठ नेता पौडेल लागि परेको छन् । विसं २०७५ माघमा नेविसङ्घका तत्कालीन अध्यक्ष नैनसिंह महरले राजीनामा दिएपछि हालसम्म नेविसङ्घ नेतृत्वविहीन बन्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण