बंगलादेशका विदेशमन्त्री मोमिन र गृहमन्त्री खानको भारत भ्रमण रद्द

एजेन्सी । बंगलादेशका विदेश मन्त्री अब्दुल मोमिन र गृहमन्त्री असदुजमान खानले भारत भ्रमण रद्द गरेका छन् । परराष्ट्रमन्त्री मोमिन डिसेम्बर १२ देखि १४ सम्म भारत भ्रमणमा निस्कँदै थिए। तर भारतले बुधबार नागरिकता संशोधन विद्येयक पारित गरेपछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै उनले भारत भ्रमण रद्ध गरेका हुन् ।
उही समयमा गृहमन्त्री खान पूर्व निर्धारित कार्यक्रम अन्तर्गत डिसेम्बर १३ मा भारत भ्रमण गर्ने कार्यक्रम रहेको थियो। बंगलादेशका उच्चायुक्तका स्रोतलाई उदृत गर्दै बीबीसीले भनेको छ, ‘बंगलादेशका गृहमन्त्री असदुज्म्ममान खानको भ्रमण पनि रद्द गरिएको छ।’
दुवै मन्त्रीहरुको भ्रमण तालिका पूर्वनिर्धारित रहेको थियो । यद्यपि, भ्रमण किन रद्द गरियो भन्ने कारण भने खुलाइएको छैन । यद्यपि समाचार एजेन्सी एएनआईका अनुसार विदेशमन्त्री मोमिनले आफ्नो भ्रमण रद्द गर्नुको कारण देशको आन्तरिक अवस्था रहेको बताएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोलिदेखि देशभरका सार्वजनिक यातायात ग्यारेजमै थन्क्याएर बस्ने यातायात व्यवसायीको घोषणा
-
एक सातासम्म मनसुन निष्क्रिय बन्दै
-
जलवायु सङ्कट समाधानका उपायहरू तत्काल कार्यान्वयन गर्नुपर्छ : मन्त्री ठकुरी
-
कमल थापा सहित ६ जनालाई भद्रकालीमा राखियो
-
पार्टीको रोग वाइसीएलमा पनि सर्यो, गम्भीर भएर समीक्षा गर्नुहोस्– प्रचण्ड
-
'छाडा भएर राजावादीहरूले माओवादीमाथि आक्रमणको कोसिस गरे'