बंगलादेशका विदेशमन्त्री मोमिन र गृहमन्त्री खानको भारत भ्रमण रद्द
एजेन्सी । बंगलादेशका विदेश मन्त्री अब्दुल मोमिन र गृहमन्त्री असदुजमान खानले भारत भ्रमण रद्द गरेका छन् । परराष्ट्रमन्त्री मोमिन डिसेम्बर १२ देखि १४ सम्म भारत भ्रमणमा निस्कँदै थिए। तर भारतले बुधबार नागरिकता संशोधन विद्येयक पारित गरेपछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै उनले भारत भ्रमण रद्ध गरेका हुन् ।
उही समयमा गृहमन्त्री खान पूर्व निर्धारित कार्यक्रम अन्तर्गत डिसेम्बर १३ मा भारत भ्रमण गर्ने कार्यक्रम रहेको थियो। बंगलादेशका उच्चायुक्तका स्रोतलाई उदृत गर्दै बीबीसीले भनेको छ, ‘बंगलादेशका गृहमन्त्री असदुज्म्ममान खानको भ्रमण पनि रद्द गरिएको छ।’
दुवै मन्त्रीहरुको भ्रमण तालिका पूर्वनिर्धारित रहेको थियो । यद्यपि, भ्रमण किन रद्द गरियो भन्ने कारण भने खुलाइएको छैन । यद्यपि समाचार एजेन्सी एएनआईका अनुसार विदेशमन्त्री मोमिनले आफ्नो भ्रमण रद्द गर्नुको कारण देशको आन्तरिक अवस्था रहेको बताएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वविद्यालयमा उपकुलपतिले पदाधिकारी नियुक्त गर्ने
-
भारत सरकार र सीजेपीबिच वार्ता, आन्दोलन भने जारी रहने
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण