आज देशभर बदली, केही स्थानमा वर्षा र भारी हिमपात
मौसम पूर्वानुमान महाशाखाले पश्चिमी निम्न चापीय प्रणालीको प्रभावका कारण देशभरी सामान्यदेखि पूर्ण बदली हुने जनाएको छ । महाशाखाले एक सूचना जारी गर्दै केही स्थानमा हल्का वर्षा र केही स्थानमा भारी हिमपात हुने बताएको छ ।
शुक्रबार दिनभरी देशका सबै स्थानमा सामान्यदेखि पूर्ण रुपमा बदली हुने र केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । यसैगरी, पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागहरुमा भारी हिमपात हुने पूर्वानुमानमा उल्लेख छ । यता, मध्य तथा पूर्वका उच्च पहाडीसहित हिमाली भूभागहरुमा हल्का हिमपात हुन सक्नेछ । साथै, पश्चिमी भूभागका केही स्थानमा हुरी आउन सक्छ ।
भने, राति पनि देशैभरी बदलीको सम्भावना रहेको छ । पश्चिमी भेगका केही स्थानहरु साथै मध्य तथा पूर्वका थोरै स्थानहरुमा हल्का वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यसैगरी, पश्चिमी उच्च पहाडी र हिमाली भूभागहरुमा भारी हिमपात हुन सक्ने भन्दै महाशाखाले सतर्क रहन आग्रह समेत गरेको छ । भने पूर्वका उच्च पहाडीसहित हिमाली भूभागमा पनि सामान्य हिमपात हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण