भक्तपुरमा वनभोजका लागि आएको मदन भण्डारी कलेजको बस दुर्घटना, २२ जना घाइते
शुक्रबार, २७ मङ्सिर २०७६, १२ : ०६
भक्तपुर । काठमाडौँको मदन भण्डारी मेमोरियल कलेजबाट भक्तपुरमा बनभोज आएको बस दुर्घटना भएको छ ।
शुक्रबार बिहान कलेजबाट भक्तपुरको सूर्यविनायक नगरपालिका–८ घ्याम्पेडाँडा पिकनिकको लागि जाँदै गरेको रिद्धिसिद्धी यातायातको बा ५ ख ४२८६ नम्बरको बस सडकमै पल्टेको महानगरीय प्रहरी वृत जगातीका डिएसपी चक्रराज जोशीले रातोपाटीलाई जानकारी दिए । प्रहरीका अनुसार ११ वटा गाडीमा कलेजका विद्यार्थीहरु र शिक्षकहरु बनभोजका लागि आएका थिए ।
दुर्घटनामा २२ जना घाइते भएका छन् । घाइतेमध्ये २ जना सख्त छन् भने अन्य २० जनाको अवस्था सामान्य छ ।
दुर्घटनामा घाइते २० जना डाक्टर इवामुवारा अस्पताल सल्लाघारी र २ जनाको भक्तपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण