योगले मस्तिष्कलाई फाइदा गर्छ: अध्ययन
वासिङ्टन । योगले मस्तिष्कलाई फाइदा पु¥याउने पछिल्लो एक अध्ययनले पुनः पुष्टि गरेको छ । मस्तिष्कको विकास र कार्यक्षमता वृद्धिमा योगाले सहयोग पु¥याउने देखिएको एक वैज्ञानिक अध्ययनको निष्कर्ष छ ।
‘ब्रेन प्लाष्टिसिटी’ एक जर्नलमा प्रकाशित उक्त अध्ययन प्रतिवेदनमा ११ प्रतिवेदन समावेश गरिएको छ । अध्ययनमा योग र मस्तिष्क स्वास्थ्यको अन्तरसम्वन्धलाई मुख्यरूपमा हेरिएको अध्ययनकर्ताहरूले जनाएका छन् ।
अध्ययनमध्ये पाँच अध्ययन योगको कुनै अभ्यास नै नगरेका व्यक्तिको बारेमा रहेको छ । त्यसमा उनीहरूको मस्तिष्क विकासको सुरुदेखि अन्तिमसम्मको अवस्थाको तुलनात्मक अध्ययन गरिएको छ ।
त्यसैगरी अर्को अध्ययनमा नियमित रुपमा योगा गर्ने व्यक्ति र उसको मस्तिष्कको विकासको अवस्थाका बारेमा अध्ययन गरिएको छ । अध्ययनका क्रममा ती व्यक्तिहरूको मस्तिष्कको एमआरआई, फङ्सनल एमआरआई वा फोटोबाट पनि मस्तिष्कको वृद्धि विकासको अध्ययन गरिएको थियो ।
‘हामीले गरेको ११ ओटा अध्ययनबाट यो निश्कर्ष निकालेका छौँ की मानव मस्तिष्कको बृद्धि विकासमा योगको महत्वपूर्ण भूमिका रहन्छ,’ अध्ययनको नेतृत्व गर्नुभएका नेहा गोथेले भने । ‘युनिभर्सिटी अफ इलिनोइस किनेसिओलोजी एण्ड कम्युनिटी’का स्वास्थ्य प्राध्यापक नेहाले ‘वायन स्टेट युनिभर्सिटी’का मनोविज्ञान प्राध्यापक जेसिका दामोइसियक्ससँगले अध्ययनको नेतृत्व गरेका थिए ।
‘यससम्वन्धी धेरै अध्ययन भएपनि नियमित योग र मस्तिष्कको विकासको अन्तरसम्बन्धको गहिरो अध्ययन भएको थिएन, तर यो अध्ययनले त्यसलाई जोड दिएको छ,’ दामोइसियक्सले भने । नियमित योग गर्नाले दिमागको सक्रियतालाई व्यवस्थित गर्न सहयोग पुग्ने देखिएको अध्ययनले बताएको छ ।
योग नगर्नेभन्दा योग गर्नेको दिमाग बढी चलायमान हुने भएकाले बृद्धि र विकासमा सहयोग पुगेको अध्ययनको निष्कर्ष छ । ‘योग कुनै बाहिरी कसरत मात्रै होइन, यो त दिमाग परिवर्तन गराउने अर्कै नेतृत्वदायी संयन्त्र हो,’ नेहाले भने । तर त्यस्तो संयन्त्रको कुनै पहिचान र प्रमाण भने आफुहरूसँग नभएको पनि उनले उल्लेख गरे ।
योगले मानिसको तनाव व्यवस्थापन तथा न्युनिकरण गर्न सहयोग पु¥याउने आफूहरूको अध्ययनबाट देखिएको गोथेले बताए । –एएनआई
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
दुग्धजन्य पदार्थ बिक्रीबाट ६ करोड सङ्कलन
-
१४ सय दर्शकले हेरे उत्कृष्ट घोषित ६ चिनियाँ फिल्म
-
६ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइन : कार्यवाहक प्रमुख आयुक्त भण्डारी
-
नेपालमा आधिकारिक रूपमा सुरु भयो उबरको सेवा, बाइक र कार दुवै सेवा उपलब्ध
-
स्थानीय निर्वाचन ‘गैर दलीय’ बनाउन सुझाव
-
सीमा विवादमा राजेश हमाल– ‘नागरिकले गर्ने अतिक्रमण र राज्यले गर्ने अतिक्रमण फरक हुन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण