अक्षयकुमारले श्रीमती ट्वीङ्कललाई दिए अनौठो गिफ्ट–प्याजको इयररिङ
एजेन्सी । ट्वीङ्कल खन्ना समाजिक संजालमा निक्कै सक्रिय रहन्छिन् । उनी सामाजिक सञ्चालमा रोचक पोस्ट शेयर गरिरहेकी हुन्छिन् ।
हालै उनले आफ्ना पति अक्षयकुमारले दिएको एक अनौठो उपहारको तस्विर समाजिक संजाल इन्स्टाग्राममा शेयर गरिन् ।
त्यो थियो– प्याजको इयररिङ ।
भारत र त्यस वरपरका देशमा अहिले प्याजको मूल्य ह्वात्तै बढेको छ । भारतमा प्याजको उत्पादनमा उलेख्य गिरावट आएपछि मूल्य वृद्धि भएको हो ।
भारतमै अहिले प्याज प्रति किलो १०० भारु माथि गइसकेको छ भने नेपालमा पनि त्यसको असर देखिएको छ ।
यस्तोमा अक्षयले ट्वीङ्कललाई प्याजको इयररिङ गिफ्ट दिएका हुन् ।
ट्वीङ्कलले इयररिङको तस्वीर शेयर गर्दै लेखेकी छिन् ,‘ मेरा पति द कपिल शर्मा शोबाट फर्किएपछि मलाई भने – त्यहाँ मैले प्याजको इयररिङ करिनालाई देखाउँदा धेरै प्रभावित भइनन् । मलाई थाहा थियो कि तिमीलाई यो मन पर्नेछ, त्यसैले मैले यो तिम्रो लागि लिएर आएँ ।’
‘कयैन पटक साना र बचपना कुराले पनि मन छुन्छन् । बेस्ट प्रिजेन्ट अवार्ड, प्याजको ईयररिङ’ ट्वीङकलले अगाडि लेखेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण