आजको मौसम : केही स्थानमा अझै बर्षा र हिमपातको सम्भावना
आइतबार, २९ मङ्सिर २०७६, ०७ : ४४
मौसम पूर्वानुमान महाशाखाले आइतबारको मौसमको पूर्वानुमानबारे सूचना जारी गरेको छ । न्युन चापीय प्रणालीको प्रभावले देशभरीको भू–भागहरुमा सामान्यदेखि पूर्ण बदली हुने जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
आइतबार दिउँसो देशका अधिकांश भू–भागमा बदली हुनेछ । देशको पश्चिमी क्षेत्रका केही स्थानमा, मध्य र पूर्वी पहाडी भेगका केही स्थानमा हल्का वर्षा हुन सक्नेछ ।
यसैगरी, हिमाली क्षेत्रहरुमा भने हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।
रातिको समयमा भने देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली भई बाँकी क्षेत्रमा आंशिक बदली हुनेछ । हिमाली क्षेत्रमा रातिको समयमा पनि हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण