महिलाको पीडा महसुस गर्न अक्षय कुमारले लिए प्रसव पीडा परीक्षण, चिच्याउँदै भने यस्तो (भिडियो)
अक्षय कुमारको नयाँ फिल्मको नाम ‘गुड न्यूज’ हो । यो फिल्ममा उनीबाहेक करिना कपुर खान, कियारा आडवाणी र दिलजीत दोसांझ पनि छन् । फिल्मको प्रोमोशन तीब्र रुपमा अघि बढिरहेको छ । यसैबीच फिल्मका निर्माता धर्मा प्रोडक्सनले एउटा भिडियो जारी गरेको छ । भिडियोमा अक्षय कुमार र दिलजीत दोसांझ प्रसव पीडा महसुस गर्नका लागि एउटा परीक्षण गरिरहेको देख्न सकिन्छ ।
वास्तवमा कृत्रिम प्रसव पीडाका लागि उपकरणको प्रयोग गरिएको छ जसले बच्चा जन्माउने बेला जति पीडा हुन्छ, त्यो महसुस गराउँछ । भिडियोमा देखिए अनुसार जति जति पीडाको मात्रा बढाइन्छ त्यति नै दिलजीत र अक्षय चिच्याउन थाल्छन् ।
अक्षय–दिलजीतले सेयर गरे अनुभवः
उक्त परीक्षणपछि अक्षय र दिलजीतले भने, ‘बच्चा जन्माउनु निकै मुश्किल काम हो । डाक्टरले बताए अनुसार हामीले परीक्षणको क्रममा जति पीडा महसुस गर्नुपर्यो महिलाले वास्तवमा त्योभन्दा निकै धेरे पीडा महसुस गर्नुपर्छ । हामी संसारका सबै महिलाको सम्मान गर्छौं जसले यो पीडा सहन्छन् ।’
बच्चाको जन्ममा आधारित छ फिल्म गुड न्यूजः
फिल्ममा अक्षय र करिनाले यस्तो जोडीको भूमिका निभाइरहेका छन् जसले आमा–बुवा बन्नका लागि आइभिएफ प्रविधीको सहारा लिएका छन् । कहानीमा ट्वीस्ट त्यतिबेला आउँछ जब एकै थर भएका कारण वीर्य अर्को जोडीसँग साटिन्छ । दिलजीत दोसांझ र कियारा आडवाणीले त्यही अर्को जोडीको भूमिका निभाइरहेका छन् ।
फिल्म २७ डिसेम्बरमा रिलिज हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण