महोत्तरीमा लागु औषधसहित १ जना पक्राउ
आइतबार, २९ मङ्सिर २०७६, १४ : ४१
बर्दिवास । महोत्तरीबाट ठुलो मात्रामा लागु औषधसहित १ जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । सशस्त्र प्रहरी ९ नं गण जलसागरले चेकजाँचका क्रममा आइतबार विहान भारतको मधुवनी जिल्ला मधवापुर वडा नं १ विरोकर बस्ने १९ वर्षीय राकेश कुमार महतोलाई पक्राउ गरेको हो ।
मठियानीबाट जलेश्वरतर्फ जाँदै गरेका महतोलाई सशस्त्र प्रहरीले जेकजाँच गर्दा उनको साथबाट promocethzine नाम गरेको सुई ३ सय थान buprenorphine सुई २ सय ९४ थान Diazepam नाम गरेको सुई २ सय ९५ थान बरामद गरेको सशस्त्र प्रहरी ९ नम्बर गणका गणपति निरकृष्ण अधिकारीले बताए ।
बरामद लागुऔषध र महतोलाई आवश्यक कार्वाहीका लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीमा पठाइएको प्रहरीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण