प्रभु बैंक लि. र जावलाखेल युवा क्लब विच सम्झौता
काठमाडौं – प्रभु बैंक लि. र जावलाखेल युवा क्लब विच प्रभु बैंक लि. जावलाखेल युवा क्लबको मुख्य प्रायोजक हुने सम्बन्धी एक सम्झौतामा हस्ताक्षर भएको छ । ललितपुर जिल्ला झम्सिखेलस्थित होटेल भिभवान्तामा सम्पन्न उक्त सम्झौतामा प्रभु बैंक लि. का तर्पmबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र जावलाखेल युवा क्लबका तर्फबाट अध्यक्ष महेन्द्र क्षेत्रीले हस्ताक्षर गरेको हो ।
जावलाखेल युवा क्लबसँगको सम्झौता पश्चात् जावलाखेल युवा क्लबको मुख्य प्रायोजक प्रभु बैंक लि. रहनेछ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत जावलाखेल युवा क्लबलाई दुई किस्ता गरी नगद रु. २५ लाख उपलब्ध गराउनेछ । सो बापत जावलाखेल युवा क्लबको आधिकारिक बैंकका रुपमा प्रभु बैंक लि. रहनेछ । जावलाखेल युवा क्लबले भाग लिने सम्पूर्ण खेलकुद सम्बन्धी प्रतियोगिताहरुमा प्रभु बैंक लि. जावलाखेल युवा क्लबको नामले सहभागिता जनाउनेछ ।
जावलाखेल युवा क्लबले प्रभु बैंक लि. मा आफ्नो नाममा खाता खोली सम्पूर्ण आर्थिक कारोबार प्रभु बैंक मार्फत सञ्चालन गर्नेछ । जावलाखेल युवा क्लबको खेलकुद मैदानमा प्रभु बैंक लि. को ब्यानर, होर्डिङ्ग बोर्ड डिस्प्ले बोर्ड लगाई प्रभु बैंकले उपलब्ध गराएको विज्ञापन सामाग्रीहरु प्रचार प्रसार गर्नेछ ।
जावलखेल युवा क्लबका सम्पूर्ण खेलाडीहरुले सहभागिता जनाउने जुनसुकै खेलहरुमा प्रभु बैंक लि. लेखेको जर्सी लगाउनेछन् । जावलाखेल युवा क्लबले सञ्चालन गर्ने जुनसुकै खेलकुद सम्बन्धी प्रतियोगिता तथा कार्यक्रमहरुमा प्रभु बैंक लि. को विज्ञापन प्रशारण गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण