गैरकानुनी क्रियाकलापलाई निरुत्साहित गर्न प्रहरी थप क्रियाशिल हुनुपर्छ : आईजीपी खनाल

भोजपुर । प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले हालको परिस्थितिलाई मध्यनजर राखी गैरकानुनी क्रियाकलापलाई निरुत्साहित तथा निराकरण गर्न प्रहरी कर्मचारी थप क्रियाशील हुनुपर्ने बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय भोजपुर परिसरमा नवनिर्मित कार्यालय, ब्यारेक, कार्यालय प्रमुख निवास र मेस भवनको उद्घाटन गर्दै आईजीपी खनालले सो कुरा बताएका हुन् ।
संगठनमा उपलब्ध भौतिक पूर्वाधार तथा स्रोत साधनले प्रहरीको क्षमता अभिवृद्धि र आधुनिकीकरणमा दूरगामी प्रभाव पार्ने उल्लेख गर्दै खनालले थप साधन स्रोत व्यवस्थापनका लागि आवश्यक पहल भइरहेको जानकारी दिए । नयाँ भवनसँगै थप उत्कृष्ट सेवा प्रदान गर्न प्रहरी कर्मचारीहरुलाई उनले निर्देशन समेत दिए ।
उक्त अवसरमा महिला तथा बालबालिका विरुद्ध हुने घरेलु हिंसा, लैङगिक हिंसा, जबरजस्ती करणी विरुद्ध केन्द्रीत रही पीडितलाई न्याय दिन समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सरोकारवाला निकायहरुसँग समन्वय र सहकार्य गर्दै अगाडि बढ्नुपर्ने उनले बताए ।
कार्यक्रममा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीले धन्यवाद ज्ञापन गर्दै संगठन प्रमुखको निर्देशनलाई अक्षरस पालना गरी नागरिक केन्द्रीत सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा खनालले पूर्व प्रहरी कर्मचारीमध्येका जेष्ठ नागरिक सदस्य पूर्व प्रहरी जवान ८१ वर्षीय डिकबहादुर तामाङलाई दोसल्ला ओढाएर सम्मान गर्नुका साथै भवन निर्माण कम्पनीका प्रोप्राइटरहरुलाई कदरपत्र समेत प्रदान गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभा जलश्रोत विधेयक पारित
-
प्रधानमन्त्री पत्नीले भनिन्– म राजनीतिमा आउँछु कि भनेर कसैले चिन्ता लिनु पर्दैन
-
किन चीन भ्रमणमा जाँदैछिन् पूर्वराष्ट्रपति भण्डारी ?
-
पोर्चुगलका लागि रोनाल्डोका छोराको पहिलो गोल, पिताकै शैलीमा खुसीयाली
-
सिंहदरबारमा आउन थाल्यो मेलम्चीको खानेपानी, बोतल र जारको पानी विस्थापन
-
एसियाली मुलुकमा फेरि फैलिँदै कोभिड–१९