सिंहदरबारमा आउन थाल्यो मेलम्चीको खानेपानी, बोतल र जारको पानी विस्थापन

समाचार सारांश
- खानेपानीमन्त्री प्रदीप यादवले सिंहदरबारमा मेलम्चीको शुद्ध खानेपानी वितरणको सुरुवात गरे।
- मन्त्रीका अनुसार, अब सिंहदरबार क्षेत्रमा बोतल र जारको पानी विस्थापित हुनेछ र मेलम्चीको पानी प्रयोग हुनेछ।
- मन्त्री यादवले यसलाई सुशासन, पारदर्शिता र जनताको सेवाप्रतिको प्रतिबद्धताको रूपमा व्याख्या गरे।
काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले मेलम्चीको शुद्ध खानेपानी सिंहदरबारमा वितरण गर्न औपचारिक रुपमा सुरुवात गरेका छन्। सोमबार सिंहदरबार परिसरमा आयोजित एक समारोहका बीच मन्त्री यादवले आफ्नै उपस्थितिमा पानी पिएर यो ऐतिहासिक अभियानको शुभारम्भ गरेका हुन्।
मन्त्री यादवले मेलम्चीको पानी वितरणबाट अब सिंहदरबार क्षेत्रभित्र प्रयोग हुँदै आएको बोतल र जारको पानी विस्थापित हुने जानकारी दिए। अबदेखि सिंहदरबारमा रहेका सबै मन्त्रालय र कार्यालयहरूमा मेलम्चीको स्वच्छ, सुरक्षित र भरपर्दो पानी आपूर्ति गरिने उनको भनाइ छ ।
ुयो केवल एक सुरुवात मात्र होइन, सुशासन, पारदर्शिता र जनताको सेवा गर्नेतर्फको हाम्रो प्रतिबद्धताको मूर्त रूप हो,ु मन्त्री यादवले भने। उनले खानेपानी वितरण प्रणालीलाई पारदर्शी, दिगो र सस्तो बनाउँदै प्रशासनिक क्षेत्रमै उदाहरणीय अभ्यासको थालनी गरिएको उल्लेख गरे।
शुभारम्भ कार्यक्रममा खानेपानी मन्त्रालयकी सचिव प्रमिला देवी शाक्य बज्राचार्य, केयुकेएलका प्रतिनिधि, विभागीय प्रमुखहरू तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुम्लाको बाढी पहिरो प्रभावित क्षेत्रमा तत्काल राहत उपलब्ध गराउन गृहमन्त्रीको निर्देशन
-
‘मधेसको भूमिमा हिरा छन्, पहिचान गर्न बाँकी छ’
-
जनआक्रोशलाई समयै व्यवस्थापन गर्न नसके अर्को अतिवादी शक्ति सत्तामा पुग्न सक्ने खतरा देखिन्छ : बाबुराम भट्टराई
-
प्रधानमन्त्री पत्नी शाक्यले भनिन्, ‘म राजनीतिमा आउदिनँ’
-
प्रचण्डपछि पार्टी कसरी चल्छ भन्ने बहस निरर्थक, उत्तराधिकारीको श्रृंखला तयार छ : वर्षमान पुन
-
लागूऔषध सहित तीन जना पक्राउ