सिंहदरबारमा आउन थाल्यो मेलम्चीको खानेपानी, बोतल र जारको पानी विस्थापन
सारांश
- खानेपानीमन्त्री प्रदीप यादवले सिंहदरबारमा मेलम्चीको शुद्ध खानेपानी वितरणको सुरुवात गरे।
- मन्त्रीका अनुसार, अब सिंहदरबार क्षेत्रमा बोतल र जारको पानी विस्थापित हुनेछ र मेलम्चीको पानी प्रयोग हुनेछ।
- मन्त्री यादवले यसलाई सुशासन, पारदर्शिता र जनताको सेवाप्रतिको प्रतिबद्धताको रूपमा व्याख्या गरे।
काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले मेलम्चीको शुद्ध खानेपानी सिंहदरबारमा वितरण गर्न औपचारिक रुपमा सुरुवात गरेका छन्। सोमबार सिंहदरबार परिसरमा आयोजित एक समारोहका बीच मन्त्री यादवले आफ्नै उपस्थितिमा पानी पिएर यो ऐतिहासिक अभियानको शुभारम्भ गरेका हुन्।
मन्त्री यादवले मेलम्चीको पानी वितरणबाट अब सिंहदरबार क्षेत्रभित्र प्रयोग हुँदै आएको बोतल र जारको पानी विस्थापित हुने जानकारी दिए। अबदेखि सिंहदरबारमा रहेका सबै मन्त्रालय र कार्यालयहरूमा मेलम्चीको स्वच्छ, सुरक्षित र भरपर्दो पानी आपूर्ति गरिने उनको भनाइ छ ।
ुयो केवल एक सुरुवात मात्र होइन, सुशासन, पारदर्शिता र जनताको सेवा गर्नेतर्फको हाम्रो प्रतिबद्धताको मूर्त रूप हो,ु मन्त्री यादवले भने। उनले खानेपानी वितरण प्रणालीलाई पारदर्शी, दिगो र सस्तो बनाउँदै प्रशासनिक क्षेत्रमै उदाहरणीय अभ्यासको थालनी गरिएको उल्लेख गरे।
शुभारम्भ कार्यक्रममा खानेपानी मन्त्रालयकी सचिव प्रमिला देवी शाक्य बज्राचार्य, केयुकेएलका प्रतिनिधि, विभागीय प्रमुखहरू तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण