प्रधानमन्त्री पत्नीले भनिन्– म राजनीतिमा आउँछु कि भनेर कसैले चिन्ता लिनु पर्दैन
सारांश
- प्रधानमन्त्री केपी शर्मा ओलीकी पत्नी राधिका शाक्यले आफू राजनीतिमा आउने कुनै योजना नरहेको बताइन्।
- लेखिका शाक्यले आफ्नो पुस्तक 'करुणा' बारेको अन्तरक्रियामा आफूले किताबमा भावना व्यक्त गरेको बताइन् र राजनीतिमा आउने कुनै लक्ष्य नभएको स्पष्ट पारिन्।
- शाक्यले आफूलाई राजनीतिमा आउन लागेको भन्ने प्रश्नबारे टिप्पणी गर्दै आफू एक सामान्य नेपाली नागरिक भएको र आफ्नो विचार किताबमार्फत व्यक्त गरेको बताइन्।
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीकी पत्नी राधिका शाक्यले आफू राजनीतिमा आउने कुनै योजना नरहेको बताएकी छन् ।
आफूले लेखेको पुस्तक ‘करुणा’ बारे सोमबार आयोजित अन्तरक्रिया कार्यक्रममा लेखिका शाक्यले आफूलाई लागेका कुरा किताबमा व्यक्त गरेको प्रस्ट पार्दै राजनीतिमा आउने कुनै लक्ष्य र योजना नभएको बताइन् ।
‘अब केपी ओलीले श्रीमतीलाई अगाडि सार्न लाग्यो कि क्या हो भनेर कता–कता प्रश्न गरेको मैले सुनेकी छु,’ शाक्यले भनिन्, ‘तर केपी ओलीले मलाई राजनीतिमा जाऊ भनेर भन्नुभएको पनि होइन, मैले राजनीति गर्छु भनेर यो गरेको पनि होइन ।’
शाक्यले आफू एउटा सामान्य नेपाली रहेको प्रस्ट पारिन् । उनले भनिन्, ‘म इमानदार नेपालीको छोरी हुँ र मैले जति कुरा बुझेकी छु, मेरो मन मस्तिष्कले जति कुरा बुझेको छ । यो ठिक, यो बेठिक भन्ने कुरा लागेको छ । ती लागेका कुरा मैले किताबमार्फत व्यक्त गरेको हो ।’
लागेको कुरा व्यक्त गर्ने अधिकार सबैलाई रहेको उनले बताइन् । ‘त्यसो भएकाले म राजनीतिमा आउँला कि, यसो–उसो भनेर चिन्ता नगर्न म विनम्र अनुरोध गर्दछु,’ उनले भनिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण