अत्यावश्यक वस्तुको व्यापार र आपूर्तिमा साल्ट ट्रेडिङको महत्त्वपूर्ण योगदान : मन्त्री भण्डारी
काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले रैथाने बालीबाट उत्पादित वस्तुहरूको बजारीकरण गर्न साल्ट ट्रेडिङ कर्पाेरेशन (एसटीसी) ले महत्त्वपूर्ण योगदान दिएको बताएका छन् ।
सोमबार काठमाडौँमा नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) र साल्ट ट्रेडिङ कर्पाेरेशनको संयुक्त आयोजनामा आयोजित उपभोक्ता सुरक्षाबारे पत्रकारसँग अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
अत्यावश्यक बस्तुको व्यापार र आपूर्तिमा एसटिसीले पनि महत्त्वपूर्ण भुमिका निर्वाह गरेको पनि उनले बताए । प्रमुख रूपमा नुनको आयात,ढुवानी तथा विक्रिवितरण भएपनि अत्यावश्यक वस्तु मल, चिनीलगायतका वस्तुको आपूर्ति शृङ्खलामा साल्ट ट्रेडिङको योगदान रहेको उनको भनाइ थियो ।
यसैगरि दशैं तिहार जस्ता चाडपर्वमा कम्पनीले सुपथ मूल्य पसल सञ्चालन आपूर्ति शृङ्खलालाई थप व्यवस्थित गराएको उनको भनाइ छ । यसले मंहगी नियन्त्रणमा सहयोग पुगेको पनि उनले बताए ।
गत दसैँमा एसटीसीले चिनीको आपूर्ति राम्रो गराएर सम्भावित अभाव हुन नदिएको उनको भनाइ छ । ‘आपूर्ति श्रृंखला व्यवस्थीत गर्न यो संस्थासँग नजिक भएर काम गर्ने कुरामा कसरी सहजीकरण गर्न सकिन्छ भनेर यो छलफल गरिरहेका छौँ । सरकारको नीतिलाई कार्यान्वयन गर्ने महत्त्वपूर्ण व्यावसायिक संस्थाको रूपमा यसले काम गरिरहेको छ,’ उनले भने, ‘आपूर्ति शृङ्खलामा देखिएको विविध समस्या समाधान गर्न सहयोग गर्नेछौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पछिल्लो तीन महिनामा काठमाडौँ जिल्ला अदालतमा ९९ प्रतिशत म्याद तामेली
-
निर्माणाधीन पानी ट्याङ्कीभित्र मृत फेला परेका दुई जनाको पहिचान खुल्यो
-
सांसद अभिषेकप्रतापका नाममा जारी पक्राउ पुर्जी यथास्थितिमा राख्न सर्वाेच्चकाे अन्तरिम आदेश
-
सडकको बिचमै २ फिटको नाला ह्वाङ्ग, दुर्घटनाको जोखिमले स्थानीय आक्रोशित
-
मधेसमा पार्टी बलियो नबने ठुलो दुर्घटनाको खतरा रहेको प्रचण्डको चेतावनी
-
सेयर बजारमा झण्डै १४ अङ्कको गिरावट, ५ अर्ब १८ करोडको कारोबार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण