प्रदेश ५ : राजधानी र नामाकरण सिफारिस समितिले आज प्रतिवेदन बुझाउँदै
प्रदेश नम्बर ५ को स्थायी राजधानी र नामाकरण सिफारिस समितिले आफ्नो प्रतिवेदन सोमबार बुझाउँदै छ ।
पटक–पटक आलोचित हुुँदै आएको समितिले डेढ वर्ष लगाएर प्रदेशको नाम र राजधानी सिफारिस गरेर सभामुख पुर्णबहादुर घर्तीलाई प्रतिवेदन बुझाउने तयारी भईरहेको समितिका सदस्य बीरबहादुर रानाले रातोपाटीलाई बताए ।
प्रदेशको स्थायी राजधानी र नामाकारण सहमति वा नभए प्रदेशसभाको दुई तिहाई बहुमतबाट टुङ्गो लगाउने संवैधानिक व्यवस्था छ । प्रदेशको नाम लुुम्बिनी र स्थायी राजधानीका लागि तीन ठाउँ उपयुक्त हुुनेछन् भनेर सिफारिस गरेको एक सदस्यले बताए ।
स्थायी राजधानीका लागि समितिले बुटवल–सैनामैना कपिलवस्तुको बाणगंगा–बुद्धभूमि र दाङको भालुवाङ–लमही क्षेत्रलाई प्रस्ताव गरेको उनको भनाइ छ । सिफारिस समितिको प्रतिवदेनको सम्पुर्ण विवरण सदन खुलेपछि बाहिर आउने छ । आइतबार बसेको समितिको बैठकले प्रतिवेदनलाई अन्तिम रूप दिएको थियो । समितिका सदस्य बीरबहादुर रानाले भने,‘आइतबार हामीले सम्पूर्ण प्रतिवदेन फाईलन गरेर सोमबार सभामुखलाई बुझाउने निर्णय गरेका हौँ । त्यही अनुसार नै काम हुन्छ ।’
झण्डै तीन महिना अघि अन्त्य भएको अधिवेशन प्रदेश सरकारलेअझै आह्वान गरेको छैन । प्रतिवेदन प्रदेशसभाको आगामी अधिवेशनमा प्रस्तुत हुनेछ ।
मुख्यमन्त्री शंकर पोखरेल प्रदेशको राजधानी दाङ हुनुपर्ने अडानमा छन् । नेकपाका महासचिव विष्णु पौडेल बुटवल नै स्थायी राजधानी हुनुुपर्ने अडानमा छन् । राजधानीका बारेमा मुख्यमन्त्री र नेकपा महासचिवबीचको विवादकै कारण टुंगो लाग्न नसकेको धेरैको बुझाइ छ ।
दुई वर्ष पुग्न लाग्दासमेत सरकारले स्थायी राजधानी टुङ्गो लगाउन सकेको भन्दै प्रदेश सरकार र प्रदेशसभा आलोचित बनेको थियो । प्रदेशसभाद्वारा गठित समितिले जिल्ला जिल्लामा पुगेर सुझाव समेत संकलन गरेको थियो भने पछिल्लो समितिका सदस्यहरु अध्ययनका लागि भन्दै भारत भ्रमणमा समेत गएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण