अन्तर्राष्ट्रिय मार्बल आर्ट क्याम्पमा नेपाली कलाकारहरुले मूर्ति बनाए
मलेशिया भन्ने बित्तिकै हाम्रो मानसपटलमा वैदेशिक रोजगारीका लागि काम जानेहरुको सम्झना आइहाल्छ । तर मलेशियामा सबै नेपालीहरु रोजगारीको लागि मात्रै जाँदैनन्, त्यहाँ उनीहरु आफ्ना कला, सीप, क्षमता र दक्षता प्रदर्शन गर्न पनि जान्छन् भन्ने कुरा पढ्न–सुन्न पाउँदा पनि गर्व महसूस हुन्छ ।
यसै सन्दर्भमा हालसालै मलेशियाको लान्कावी भन्ने ठाउँमा आयोजित अन्तर्राष्ट्रिय मार्वल आर्ट क्याम्पमा सहभागी भई नेपालका चारजना कलाकारहरुले आफ्नो सीप प्रदर्शन गरेका छन् । उक्त कार्यशालामा मलेशिया, नेपाल, इन्डोनेशिया, बेल्जियम, इटाली, थाइल्याण्ड, रि उनीयन आइल्याण्डका १९ जना मूतिकारहरु सहभागिता रहेको थियो ।

१३ दिनसम्म चलेको सो अन्तर्राष्ट्रिय कार्यशालामा सहभागी नेपाली कलाकारहरुमध्ये भुवन थापा, गुल्मीले ‘तिमी र म’ विष्यमा दुई वटा मूर्ति सिर्जना गरेका थिए । दुई व्यक्ति अथाव दुई देशबीचको सम्बन्धकलाई जोड दिएको सो मूर्तिले मलेशियामा रहेका नेपालीहरुप्रति सुरक्षा र साथ दिनुपर्छ, हामी सँगै र सधै मित्र हौं भन्ने सन्देश सम्प्रेषण गर्न खोजेको थापाको भनाइ छ ।

त्यसै गरी अर्का कलाकार लक्ष्मण भुजेल, मकवानपुरले ‘अस्तित्व’ शीर्षकमा मूर्ति निर्माण गरेका थिए । उनको मूतिले डुंगा र नारीको सम्मिश्रण गरेर समुद्रको छालसँग जुध्दै नारी डुंगाझैं संसार जित्न संघर्ष गरिरहेकी कुरालाई प्रतिविम्बिन गरेको छ ।

कलाकार राजु पिठाकोटे, इलामले कनेक्सन र फ्री वे शीर्षकमा दुईटा मूर्ति निर्माण गरेका छन् उनको मूतिले संसारका सबै राष्ट्रहरुबीच सधैं मजबूत सम्बन्ध रहिरहन एकअर्काबीच समान रहन सन्देश दिएको छ ।

कलाकार गंगाधर सारु, झापाले सशक्तीकरणको विषण्मा अर्धमूर्त शैलीमा नारीलाई चित्रित गरेका छन् ।
उक्त कार्यशालामा निर्माण गरिउका सबै मूर्तिहरु लान्कावी एयरपोर्टको भित्रबाहिर प्रदर्शनीमा राखिने र सन् २०२० मा केएल बाइनाले २०२० मा भव्य प्रदर्शनी गर्ने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण