विपन्न नागरिक औषधिको लागि ७१ स्वास्थ्य संस्थालाई सोध भर्ना भुक्तानी
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘विपन्न नागरिक औषधि’बाट उपचार सेवा प्रदान गर्दै आइरहेको ७१ अस्पताललाई तिर्न बाँकी रकम दिन बजेट विनियोजन गरेको छ ।
मन्त्रालयका सचिव खगराज अधिकारीको अध्यक्षतामा बसेको बैठकले विपन्न नागरिक औषधि उपचारका लागि सूचीकृत भइ तोकिएको कडा रोगको औषधि उपचार गरे वापत सरकारी र गैरसरकारी अस्पतालहरुलाई आ.व ०७६—०७७ को श्रावण र भाद्र महिनाको दिन बाँकी रकम दिने निणर्य भएको हो ।
रकम दिन बाँकी १५ अस्पताललाई ७ करोड ८० लाख ५९ हजार ८ सय ८२ रुपैयाँ सोधभर्ना भुक्तानी दिने निर्णय गरिएको छ । ०७६—०७७ को श्रावण र भाद्र महिनामा ४ हजार १ सय ३६ जना नागरिकले सेवा लिएका थिए भने एचडी सेसन र सीएपीडी १२ हजार २ सय ४९ पटक गरिएको थियो ।
साथै ०७६ असोज र कात्तिक महिनामा विपन्न नागरिक औषधिको सेवा दिने ५६ वटा स्वास्थ्य संस्थालाई २२ करोड ८२ लाख ५३ हजार ४७ रुपैयाँ दिने निर्णय मन्त्रालयले गरेको छ । असोज र कात्तिक महिनामा ११ हजार ८ सय ४६ जनाले सेवा लिएका थिए । एचडी सेसन र सिएपीडी ३९ हजार १ सय ७ पटक गरिएको थियो ।
सहुलियतको लागि प्रत्यारोपण पूर्वअंग दाता र ग्रहणकर्ताको प्रयोगशाला शुल्क ५० हजार र मिर्गाैला प्रत्यारोपण प्रश्चात औषधि सेवन गर्ने बिरामीहरुलाई एक लाख उपलब्ध गराउँदै आइरहेको छ । सोही अनुसार २०७६ साल मंसीर १२ गतेसम्म निवेदन दिएका २५ जना बिरामीहरुको लागि ३६ लाख ४८ हजार ८ सय रकम भुक्तानी दिने विपन्न नागरिक औषधि उपचार व्यवस्थापन समितिको निर्णय गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण