के मृत्यु भनेको पात खसेको जस्तै मात्रै हो त ?
जीवन र मृत्युको बारेमा अनेकौं अध्ययन अनुसन्धान भएका छन् । पौराणिक कालदेखि नै मानिसहरुले, अझ भनौं पुराणहरुमा वर्णित कथाहरुअनुसार त त्यसकालमै मानिसहरुले मृत्युमामथि विजय पाउने चाहना राख्दै आएको र त्यसको लागि उपायहरुको खोजी गर्दै आएको पाइन्छ । तर अहिलेसम्मको शाश्वत सत्य चाहिँ के हो भने जीवनपछि मृत्यु अनिवार्य छ । अर्थात् हरेक जीवित पदार्थको अन्त्य हुन्छ हुन्छ ।

१३ औं शताब्दीका प्रसिद्ध सुफी दार्शनिक, संगीतकार एवं कवि रुमीले भनेका छन्, ‘जीवन भनेको रुख जस्तै हो र मृत्यु भनेको चाहिँ पात खसेको’ । जसरी पातहरु खस्दैमा रुखको अन्त्य हुँदैन, बरु उल्टै नयाँ नयाँ पातहरु पलाएर आउँछन्, त्यसैगरी मानिसहरु अझ भनौं जीवित वस्तुहरु मर्दैमा संसार सकिइहाल्ने होइन, बरु बदलामा त्यसै प्रजातिका नयाँ नयाँ सन्ततिहरुको जन्म पनि भएर आउँछ । वास्तवमा, हो पनि नि ! थोरै मृत्यु हुने बित्तिकै संसार सकिने हो र । त्यसैले रुमीले भनेको कुरा सत्य हो, मृत्यु भनेको पात खसेको जस्तै मात्रै हो ।
मृत्युबारे रुमीका केही प्रसिद्ध भनाइहरु यस प्रकार छन्ः
बिदाइ भनेको तिनको लागि मात्रै हो, जसले आँखाले माया गरेका हुन्छन् । मुटु र अन्तरआत्मादेखि माया गर्नेहरुलाई छुट्याउने कुनै चीज नै हुँदैन ।
हाँसीखुसी मृत्युलाई वरण गर र आउनेवाला नयाँ र राम्रो रुपलाई हेर । सूर्य पश्चिममा अस्ताएपछि मात्रै पूर्वबाट उदाउन सक्छ ।
नश्वरजति सबैले मृत्युलाई चाख्छ भन्ने कुरा मैले जानें । तर थोरैले मात्रै जीवनलाई चाख्न सक्छ ।
सबैजना मर्नबाट डराउँछ तर सच्चा सुफी मृत्यु देख्दा हाँस्छः उनीहरुको मनलाई कुनै पनि कुराले भयभीत पार्न सक्दैन । जेसुकैले सिपीलाई हिकाओस्, त्यसले भित्रको मोतीको दातालाई नोक्सान गर्दैन ।
म खनिजको रुपमा मरें र विरुवा बने, म विरुवाको रुपमा मरें र जनावर बनें, म जनावरको रुपमा मरें र म मानिस थिएँ । म किन डराउने ? म नमरेको चाहिँ कहिले थिएँ र ?
संसार खेल मैदान हो र मृत्यु चाहिँ रात्रि ।
हाम्रो मृत्यु कहिल्यै नसिद्धिने अनन्तसँगको विवाहोत्सव हो ।
Title photo: https://www.daysoftheyear.com
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस सरकारको बजेट खर्च ५६ प्रतिशत मात्र
-
सुकुमबासी राखिएको कीर्तिपुरको होल्डिङ सेन्टर जलमग्न (तस्बिरहरू)
-
कोशी सरकारको बजेट ७० प्रतिशत हाराहारी खर्च
-
दुई वर्षभन्दा कम उमेरका बालबालिकालाई दिनुहुन्न यी ६ खानेकुरा
-
विश्वकपबाट बाहिरिएपछि कोलम्बियाका जामिन्टोन काम्पाजलाई ज्यान मार्ने धम्की
-
दिनहुँ १ मुठ्ठी मखाना खाँदा यी रोगबाट बच्न सकिन्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण