मंगलबारको मौसमः तराईमा बाक्लो हुस्सु, देशैभरी चिसो बढ्यो
मौसम पूर्वानुमान महाशाखाले मौसमको पूर्वानुमान जारी गरेको छ । महाशाखाले तराईका विभिन्न स्थानमा र पहाडी र हिमाली क्षेत्रको मौसको आज दिनभरीको अवस्थाको बारेमा जानकारी दिएको छ ।
मौसम पूर्वानुमानका अनुसार नेपालमा आज कुनै पनि उल्लेखनिय मौसमी प्रणाली छैन । मंगलबार देशको पहाडी भू–भागहरुमा आंशिक बदली हुने र तराईका भु–भागहरुमा हुस्सु र कुहिरो लागेको छ ।
दिनभरी देशको पूर्वी भू–भागमा आंशिक बदली र अन्य भू–भागमा मौसम सामान्यता सफा रहने र राति देशभर मौसम सामान्यतया सफा रहने पूर्वानुमानमा उल्लेख छ । यद्यपि, देशभरी नै चिसो बढेको छ । चिसोले दैनिक जीवनयापन कष्टकर बन्दै गएको छ ।
यसैगरी, तराईका अधिकांश भू–भागहरुमा बाक्लो हुस्सु लागेको छ । पहाडी क्षेत्रहरुमा पनि सामान्य हुस्सु लागको छ । मौसम पूर्वानुमानले आगामी २४ घण्टाको लागि शित लहरको सम्भावना नरहेको जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण