सर्यो शिवहरीको ‘लक्का जवान’
मङ्गलबार, ०१ पुस २०७६, १२ : ३०
काठमाडौं । हाँस्य कलाकार शिवहरी पौडेलको डेब्यु निर्देशन रहेको फिल्म ‘लक्का जवान’को रिलिज परिवर्तन भएको छ ।
यस अगाडि चैत ७ गते प्रदर्शन मिति घोषणा भएको फिल्म सरेर २१ चैत पुगेको छ । वितरकसँगको सरसल्लाहमा फिल्मको रिलिज डेट सारिएको निर्देशक पौडेलले जानकारी दिए ।
आमा बंगलामुखी फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्म ध्रुवदत्त र अनुसुयषा श्रेष्ठको प्रस्तुति तयार भएको छ ।
किरण केसी, दीलिप रायमाझी र शिवहरि पौडेल कार्यकारी निर्माता रहेको फिल्मको सह–निर्मातामा सुरेन्द्र केसी र दिपेन्द्र खनिया हुन् ।
किरण केसी, दीलिप रायमाझी, शिवहरि पौडेल, सुरेन्द्र केसी, वर्षा सिवाकोटी, प्रियंका कार्की, राजाराम पौडेल, सलोन बस्नेत लगायतको अभिनय रहेको ‘लक्का जवान’ केही पाका उमेरका मानिसहरुको कथाको बिषयमा बनेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्यास नगरपालिकामा पुनः मतगणना गर्न अदालतको आदेश, जोशीले जिते मुद्दा
-
नीति तथा कार्यक्रममा शिक्षा : शिक्षकलाई मासिक तलबसहित के–के विषय समेटिए ?
-
९० दिनभित्र नतिजा निकाल्न त्रिविका प्राध्यापक संगठनहरूकाे माग
-
आजपाको मागबारे सरकारको चासो, भन्सार विभागमा भएको छलफल सकारात्मक
-
प्रहरीमा ६४ जना सईलाई वरिष्ठ सईमा बढुवा गर्न सिफारिस
-
बेइजिङ भ्रमण गर्दै पुटिन