डाक्टरको चुनाव : ३० जना मैदानमा, साढे ९ हजार सदस्यले मतदान गर्ने

काठमाडौँ । चिकित्सकहरुको एक मात्रा संस्था नेपाल चिकित्सक संघलाई अहिले चुनाव लागेको छ ।
संघको केन्द्रीय कार्यसमितिको लागि ३० जनाले निवार्चनमा प्रतिस्पर्धा गर्दैछन् । अध्यक्षमा डा. लोचन कार्की र डा. पुष्पमणि खराल, वरिष्ठ उपाध्यक्षका लागि रक्षा श्रेष्ठ र शिव प्रसाद श्रेष्ठले उम्मेदवारी दिएका छन् । यस्तै, महासचिवका लागि ४ जना चिकित्सकले उम्मेदवारी दिएका छन् । डा. अजय कुमार मिश्र, डा. बद्री रिजाल, डा. दीपेन्द्र पाण्डे र डा. मधुर बस्नेतले महासचिवका लागि उम्मेदवारी दर्ता गराएका छन् ।
संघका देशभरका १६ वटा शाखा कार्यालयमा माघ ४ र ५ गते बिहान ११ देखि अपरान्ह ४ बजेसम्म मतदान हुनेछ भने संघको केन्द्रिय कार्यालयमा माघ १७ गतेदेखि २१ गतेसम्म बिहान प्रत्येक ११ बजेदेखि अपरान्ह ४ सम्म मतदान हुने निर्वाचन समितिले जनाएको छ ।
चिकित्सक संघको सदस्यता लिने सबै सदस्यले नयाँ कार्यसमितिको लागि मतदान गर्न पाउने छन् । हाल देशभर ९ हजार ६ सयको हाराहारीमा सदस्य भएको संघले जनाएको छ ।
नेपाल चिकित्सक संघको पहिलो कार्यसमिति २००७ सालमा छनोट गरिएको थियो । देशमा प्रजातन्त्र आएसँगै चिकित्सकहरुले पनि आफ्नो सङ्गठन गठन गर्दै चिकित्सकको हक हितको बारेमा आवाज उठाउँदै आइरहेका छन् । स्वास्थ्य क्षेत्रमा नेपालमा हुने हरेक विषयमा चिकित्सक संघले चासो दिँदै आइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीनकुने घटना : मिश्र र प्रसाईँसहित २४ जनालाई ५ दिन म्याद थप
-
सोती घटना : उच्च अदालत सुर्खेतका दुई न्यायाधीशविरूद्ध न्याय परिषद्मा उजुरी
-
काठमाडौँ महानगरले गर्यो अस्पताललाई ५० हजार जरिवाना
-
राष्ट्रिय गौरवका आयोजना नीति तथा कार्यक्रममा किन समेटिएन ?
-
फेवातालमा पर्यटक सवार डुङ्गा पल्टियो
-
राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन परिचालन समितिले गर्यो अनिश्चितकालीन आन्दोलनको घोषणा