सनराइज बैंकका ग्राहकलाई टर्किस एयरलाइन्समा १०% सम्म छुट
काठमाडौं– सनराइज बैंकले आफ्ना ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै अस्पताल, रेष्टुरेन्ट तथा विभिन्न क्षेत्रमा विशेष छुट सहितका सुविधा दिँदै आएकोमा हाल उक्त सुविधाको दायरालाई फराकिलो पार्दै ट्राभल र टुरिजम क्षेत्रमा समेत विभिन्न छुट दिने उद्देश्यले टर्किस एयरलाइन्ससँग सम्झौता गरेको छ ।
यस सम्झौताअन्तर्गत सनराइजका ग्राहकहरुले टर्किस एयरलाइन्सको टिकट खरिद गर्दा इकोनोमिक क्लासमा ७% सम्म र बिजनेस क्लासमा १०% सम्मको छुट पाउने व्यवस्था गरिएको छ ।
साथै उक्त सम्झौताअनुसार बैंकका ग्राहकहरुले यूरोप भ्रमणमा जाँदा थप १० के.जी सम्म सामान लान पाउने व्यवस्था गरिएको छ । यस छुटका लागी ग्राहकहरुले टर्किस एयरलाइन्सको काठमाडौं स्थित नारायणहिटी पथमा रहेको कार्यालयमा आफ्नो परिचय स्वरुप बैंकको कार्ड देखाई टिकट खरिद गर्नुपर्नेछ ।
सनराइज बैंकको प्रधान कार्यालय, गैरीधारामा मंगलबार भएको एक कार्यक्रममा टर्किस एयरलाइन्सको तर्पmबाट नेपालको लागि कन्ट्री म्यानेजर अब्दुल्ला टुन्चेर केटिची र सनराइज बैंकका तर्फबाट बैंकको प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण