सनराइज बैंकका ग्राहकलाई टर्किस एयरलाइन्समा १०% सम्म छुट

काठमाडौं– सनराइज बैंकले आफ्ना ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै अस्पताल, रेष्टुरेन्ट तथा विभिन्न क्षेत्रमा विशेष छुट सहितका सुविधा दिँदै आएकोमा हाल उक्त सुविधाको दायरालाई फराकिलो पार्दै ट्राभल र टुरिजम क्षेत्रमा समेत विभिन्न छुट दिने उद्देश्यले टर्किस एयरलाइन्ससँग सम्झौता गरेको छ ।
यस सम्झौताअन्तर्गत सनराइजका ग्राहकहरुले टर्किस एयरलाइन्सको टिकट खरिद गर्दा इकोनोमिक क्लासमा ७% सम्म र बिजनेस क्लासमा १०% सम्मको छुट पाउने व्यवस्था गरिएको छ ।
साथै उक्त सम्झौताअनुसार बैंकका ग्राहकहरुले यूरोप भ्रमणमा जाँदा थप १० के.जी सम्म सामान लान पाउने व्यवस्था गरिएको छ । यस छुटका लागी ग्राहकहरुले टर्किस एयरलाइन्सको काठमाडौं स्थित नारायणहिटी पथमा रहेको कार्यालयमा आफ्नो परिचय स्वरुप बैंकको कार्ड देखाई टिकट खरिद गर्नुपर्नेछ ।
सनराइज बैंकको प्रधान कार्यालय, गैरीधारामा मंगलबार भएको एक कार्यक्रममा टर्किस एयरलाइन्सको तर्पmबाट नेपालको लागि कन्ट्री म्यानेजर अब्दुल्ला टुन्चेर केटिची र सनराइज बैंकका तर्फबाट बैंकको प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खेमराज सेढाईंंलाई पक्राउ गरिएपछि राजावादी समूहको घोर आपत्ति
-
सीआईबीले लिन थाल्यो दुर्गा प्रसाईंसँग बयान
-
२ सय ८ जना प्रहरी नायव निरीक्षकहरूको पदस्थापन, को कहाँ ? (सूचीसहित)
-
मकालु हिमाल आरोहण गर्ने क्रममा एक अमेरिकी नागरिकको मृत्यु
-
विमानस्थलमा फेरि हुन थाल्यो सेटिङ, ‘कोड वर्ड’ प्रयोग गरेर असुल्छन् रकम
-
मकवानपुर महिला गोल्डकप : एपीएफले वीरगञ्जलाई १२ गोलले हरायाे