बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

भ्रमण वर्षलाई सघाउने गरी शून्य प्रतिशत कमिसनमा एक्सेलट्रिपको सेवा

बुधबार, ०२ पुस २०७६, १२ : ४५
बुधबार, ०२ पुस २०७६

काठमाडौँ । एक्सेलट्रिपले ‘भिजिट नेपाल २०२०’ मा सघाउ पुग्नेगरी नेपालमा आफ्नो सेवा विस्तार गरेको छ ।  

अनलाइन होटल तथा एअरलाइन्स बुकिङ इन्जिन एक्सेलट्रिपले शून्य प्रतिशत कमिसनमा सेवा दिँदै केही अन्तर्राष्ट्रिय एजेन्टको उच्च मुनाफाको आधिपत्य तोड्ने र होटललाई नै अधिकतम प्रतिफल प्रदान गर्ने लक्ष्य लिएको जनाइएको छ ।

१५ लाख होटल र ४०० वायुसेवा कम्पनीका संजालमार्फत एक्सेलट्रिप संसारकै तीब्र रफ्तारमा फैलदो एक अनलाइन ट्राभल प्लेटफर्म हो । संसारभरका लाखौं यात्रारत वा यात्राकांक्षी मानिससम्म पहुँच बनाएको एक्सेलट्रिपले १४ मुलुकमा आफ्नो उपस्थिति जनाइसकेको छ ।

कुनै पनि नेपालीले स्थानीय बैंकद्वारा जारी भीसा र मास्टर कार्ड तथा इ–सेवा मार्फत अन्तर्राष्ट्रिय होटल तथा उडान बुक गर्दै एक्ससेलट्रिप मार्फत झन्झटरहित वैदेशिक यात्रा गर्न सक्ने जनाइएको छ ।

नेपाली र अन्तर्राष्ट्रिय यात्रीलाई नेपालस्थित कार्यालयवाट हरसम्भव ग्राहक सेवा प्रदान गर्दै प्रतिस्पर्धी दरसमेत उपलब्ध गराइने एक्सेलट्रिपको दावी छ । मुलुकभर आन्तरिक पर्यटन प्रवद्र्धन तथा दिगो पर्यटकीय वातावरण निर्माणका निम्ति नेपाली यात्रीहरूलाई नेपालभित्रै यात्रा निम्ति उत्साहित र अभिप्रेरित गर्ने एक्सेलट्रिपले जनाएको छ ।

त्यसैगरी होटल तथा होमस्टे व्यवस्थापनका लागि स्थानीय समुदायलाई अभिप्रेरित गर्दै एक्सेलट्रिपले अनलाइन बुकिङमा सबै होटल र होमस्टेलाई डिजिटल रूपमा सवल बनाउने लक्ष्य लिएको छ ।
नेपालका होटलहरूलाई आफ्नो संजालमा ल्याउने कार्य शुरू भइसकेको एक्सेलट्रिपले जनाएको छ । 

२० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ ‘भिजिट नेपाल २०२०’ आयोजनाको अन्तिम तयारीमा मुलुक जुटेको भन्दै एक्सेलट्रिपले सरकारको यस महत्वाकांक्षी अभियानमा हातेमालो गर्दै यहाँको पर्यटकीय सेवा र उद्यमलाई प्रवद्र्धन र सशक्तिकरण गर्ने उद्देश्यका साथ नेपालमा एक्सेलट्रिप ग्लोबलले आफ्नो सेवा विस्तार गरेको प्रष्ट पारेको छ । 

नेपालको पर्यटनको प्रवद्र्धन तथा ‘भिजिट नेपाल २०२०’ मार्फत् २० लाख पर्यटक भित्र्याउनका लागि एक्सेलट्रिपले नेपाल पर्यटन बोर्डसँग साझेदारी समेत गरेको छ । 

विदेशी र नेपालका बैंकहरूबाट जारी भिसा, मास्टरकार्ड, युनियन पे सँगै इ–सेवाको डिजिटल वालेट एक्सेलट्रिपको भुक्तानीका माध्यम हुनेछन् । एक्सेलट्रिप कर्पोरेट समाजिक उतरदायित्वप्रति समेत प्रतिवद्धता जनाउँदै आफ्नो मुनाफाको केही अंश परोपकारी काममा खर्च गर्ने जनाएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप