अनाथ बालबालिकाहरुलाई हिमालयन बैंकको आर्थिक सहयोग
बुधबार, ०२ पुस २०७६, १३ : ०६
कावासोती– हिमालयन बैंक लिमिटेडले बैंकको कावासोती शाखा मार्फत कावासोती नगरपालिका वडा नं ८ स्थित ‘मौलाकालिका अपांग सेवा संस्था’मा आश्रित अनाथ एवं फरक क्षमता भएका वालवालिकाहरुलाई सहयोग गरेको छ ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत संस्थामा आश्रित वालवालिकाहरुलाई सहयोग प्रदान गरेको हो ।
बैंकले उक्त अपांग सेवा संस्थाका २१ जना बालबालिकाहरुलाई आवश्यक ग्यास चुलो, खानेपानी फिल्टर, राईस कुकर तथा खाद्यान्नहरु (चामल, दाल, खाने तेल, नुन, चिनी, चिउरा, विस्कुट तथा साबुन आदि) प्रदान गरेको छ ।
देशका विभिन्न स्थानका अनाथ एवं शारिरीक रुपमा अशक्त बालबालिकाहरुलाई उक्त अपांग सेवा संस्थाले आश्रय दिइरहेको छ ।
बैंकका तर्फवाट बैंकका कावासोती शाखा प्रबन्धक आत्माराम गौतमले उक्त सहयोग सामग्रीहरु हस्तान्तरण गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण