सशस्त्र प्रहरीद्वारा हतियारसहित तीन जना पक्राउ
बुधबार, ०२ पुस २०७६, १४ : ४९
रौतहट । सशस्त्र प्रहरीको टोलीले एकथान घरेलु हतियारसहित तीनजनालाई पक्राउ गरेको छ ।
सशस्त्र बेस क्याम्प फतुआटो चेक प्वाइट टोलीले एकथान कटुआ पेस्तोल गोली र अन्य विभिन्न सामानसहित तीनैजनालाई गएराति पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा परोहा नगरपालिका ६ बसन्तपटीका ३८ वर्षीय राम अधार साह, वडा ४ लौकाहाका ६६ वर्षीय छोटेलाल साह र बारा सुवर्णपुर गापा ६ का ३७ वर्षीय उमेधर यादव रहेका छन ।
उनीहरुको साथबाट एकथान घरेलुु कटुआ पेस्तोल, ८ एमएमको २ थान सोही पेस्तोलमा लाग्ने गोली, चक्कु २ थान, वायर काट्ने ठुलो कटर १ थान, मोबाइल३ थान, पेचकस १ थान समेत बरामद भएको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी रबिनराज कर्णजितले बताए ।
बरामद सामानसहित उनीहरुलाई आवशयक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय रौतहटमा बुझाइएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ लाख घुससहित इन्जिनियर खड्का अख्तियारको फन्दामा
-
सेबोनको नीति तथा कार्यक्रमले उचाल्यो सेयर बजार, दोहोरो अङ्कको वृद्धि
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी
-
सान फ्रान्सिस्कोमा डुङ्गा डुब्दा एक जनाको मृत्यु, दुई जना बेपत्ता
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण