खुसी हुने मन्त्रः दुःख दिने कुरालाई जबसम्म याद गर्नुहुन्छ तबसम्म निराशा हट्दैन
एउटा गाउँमा एक सन्त आफ्ना शिष्यसँग बस्दथे । सन्त निकै बुद्धिमान थिए त्यसकारण क्षेत्रमा निकै चर्चित थिए । मानिसहरु आफ्नो समस्या लिएर आश्रम आउँथे र सन्तले ती समस्याको समाधान बताउने गर्थे । एक दिन शिष्यले सन्तसँग भने, ‘गुरुजी हाम्रो आश्रममा धेरै मानिसहरु आउँछन्, सबै निकै दुःखी छन् । दुःखलाई टाढा राख्ने र सधैं खुसी हुने मन्त्र के हो ? खुसी हुनका लागि हामीले के गर्नुपर्छ ?’
– गुरुले शिष्यलाई भने, ‘यो प्रश्नको उत्तर म तिमीलाई जंगलमा दिनेछु ।’ एउटा ठूलो ढुङ्गालाई देखाउँदै गुरुले शिष्यलाई त्यो उचालेर आफूसँग हिँड भनेर आग्रह गरे । शिष्यले तुरुन्त आज्ञा पालना गर्दै ढुङ्गा उठाए र गुरुको पछिपछि लागे ।
– केही टाढा पुगेपछि ढुङ्गाको तौलका कारण शिष्यको हात दुख्न थाल्यो तर उनी चुपचाप गुरुको पछिपछि हिँडिरहे । केही बेरपछि हातको दुखाई बढ्यो, तरपछि उनले गुरुलाई केही भनेनन् । ढुङ्गा उचालेर केही बेर अझै हिँडेपछि हात असाध्यै दुख्यो, सहनै सकेनन् र भने, ‘गुरुजी अब म ढुङ्गा उचाल्न सक्दिनँ, अब हिँड्न पनि सक्दिनँ । ’ गुरुले भने, ‘यो ढुङ्गालाई यहाँ राम्रोसँग राखिदेउ ।’
– ढुङ्गा राख्ने बित्तिकै शिष्यले राहत पाए । गुरुले भने, ‘यही हो खुसी रहने मन्त्र ।’ शिष्यले भने, ‘गुरुजी मैले तपाईंको कुरा बुझिनँ ।’
– गुरुले सम्झाए, ‘जबसम्म हामी दुःखको बोझ उठाइरहन्छौं तबसम्म हामीले दुःख र निराशाको सामना गरिरहनुपर्छ । सधैंभरी खुसी हुन चाहनुहुन्छ भने दुःख दिने कुरालाई बिर्सिएर अघि बढ्नुपर्छ । दुःखको बोझलाई चाँडोभन्दा चाँडो छोड्नुहुन्छ भने सधैं खुसी हुनेछौ । ’ त्यसपछि शिष्यले गुरुको कुरा बुझे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक समूहमा सईबाट वरिष्ठ सईमा बढुवा सिफारिस
-
इच्छाराज तामाङको बदमासीले सिभिल मलमा स्वामित्वको चक्रव्यूह
-
लागुऔषध खैरो हेरोइनसहित १० जना पक्राउ
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
‘तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ?’ भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण